२०८३ साउन ९ शनिबार

पञ्चकन्या ग्रुपको आयोजनामा विशेष प्लम्बिङ तालिम

ई आर्थिक    शुक्रबार, बैशाख ६ २०७६
5.8K
Shares
पञ्चकन्या ग्रुपको आयोजनामा विशेष प्लम्बिङ तालिम

ई–आर्थिक, काठमाडौं । पञ्चकन्या ग्रुपद्वारा सेकीसुई, जापान र स्टारलाईन ईन्टरप्राइजेज, भारतको सहकार्यमा विषेश प्लम्बिङ तालिम सम्पन्न भएको छ ।

यही वैशाख ४ गतेदेखि सञ्चालन भएर ६ गते सम्म सञ्चालन भएको उक्त तालिममा १७५ जना सहभागी भएको थियो । त्यसमा ४ जना महिलाको समेत संलग्नता जनाएका थिए ।

नेपालमा यस किसिमको तालिम दिने पहिलो निजि कम्पनी पञ्चकन्या ग्रुपले सर्वप्रथम प्रारम्भिक प्लम्बिङ तालिम दिइएकोे र यस कम्पनीले जापानको प्रख्यात कम्पनी सेकीसुइ र स्टारलाईन ईन्टरप्राइजेज, भारतका दक्ष, अनुभवी तथा प्रोफेशनल प्रशिक्षकद्वारा सहभागीहरुलाई प्रशिक्षण दिएको थियो ।

यस तालिमको प्रमुख उद्देश्य भनेको देशका बेरोजगार युवायुवतीहरुलाई सिपमुलक बनाएर आफ्नै देशमा आम्दानी गर्नको लागि वातावरण सिर्जना गर्नु भएको पञ्चकन्या समूहले जानकारी दिएको छ ।

तसर्थः पञ्चकन्या ग्रुपले यस वर्ष पनि नेपालको पूर्वदेखी पश्चिमसम्म सधैझै प्लम्बिङ तालिमको दिई रहेको हुँदा इच्छुक भएकाहरुले इन्टरनेटमार्फत आफ्नो व्यक्तिगत विवरण बुझाई शिपमुलक तालिममा सहभागिता भई प्रमाण–पत्र हाँसिल गर्न पञ्चकन्याले आव्हान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij