२०८३ साउन १० आइतबार

दैलेखका ६ वटा स्थानीय तहमा लघुउद्यम कार्यक्रम

ई आर्थिक    शनिबार, चैत्र १६ २०७५
4.4K
Shares
दैलेखका ६ वटा स्थानीय तहमा लघुउद्यम कार्यक्रम

ई–आर्थिक, दैलेख, १६ चैत : जिल्ला लघु उद्यमी समूह सङ्घले यहाँका छ वटा स्थानीय तहमा गरीबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम शुरु गर्ने भएको छ ।

जिल्लाभर एक हजार ८०० भन्दाबढी उघु उद्यमीलाई सदस्यता दिएको उक्त सङ्घले महावु, नौमूले, भगवतीमाई, डुगेश्वर, गुराँस गाउँपालिका र नारायण नगरपालिकाभित्रका उद्यमीको क्षमता विकास, नयाँ उद्यमी सिर्जना, प्रविधि हस्तान्तरण, सीप विकास र तालीम सञ्चालनजस्ता काम गर्ने भएको छ ।

यहाँ आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष कविराज खत्रीले कार्यक्रमको शुरुआतमै प्राप्त बजेट बाँडफाँडबारे जानकारी गराउनु नै पारदर्शिताको महत्वपूर्ण पाटो भएको बताउनुभयो । उक्त कार्यक्रमअन्तर्गत नयाँ उद्यमी सिर्जनातर्फ रु ५८ लाख र उद्यमीको व्यवसाय उन्नतिका लागि रु १३ लाख खर्च गरिनेछ ।

जिल्ला उद्योग वाणिज्य सङ्घका अध्यक्ष कूलबहादुर विक र घरेलु तथा साना उद्योग विकास समितिका प्रमुख पर्शुराम आचार्यले स्थानीय उद्यमीको क्षमता विकास, बजार प्रवद्र्धनलगायत कामले उद्यमी उत्साहित हुने बताउनुभयो । उद्योग सञ्चालन बजारीकरण, स्थानीय तहसँग सहकार्र्यजस्ता विषयमा सङ्घले लामो समयदेखि सहयोग पु¥याउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij