२०८३ साउन ९ शनिबार

लोकतन्त्र कर्मकाण्डी भयो : डा भट्टराई

ई आर्थिक    बिहिबार, चैत्र १४ २०७५
3.1K
Shares
लोकतन्त्र कर्मकाण्डी भयो : डा भट्टराई

ई–आर्थिक, धनगढी : नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले लोकतन्त्र कर्मकाण्डी जस्तो भएको बताउनुभएको छ । यहाँ आज आयोजित खुला अन्तर संवाद कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका डा भट्टराईले कर्मकाण्डी र परम्परावादी लोकतन्त्रलाई सच्चा र विकसित लोकतन्त्र बनाउनमा नयाँ शक्ति पार्टी लागेको बताउनुभयो ।

दुई तिहाइ बहुमतको अहिलेको कम्युनिष्ट सरकारले सुशासन र विकास दिन नसकेको र जताततै भ्रष्टाचार मौलाएको आरोप लगाउँदै उहाँले भन्नुभयो, “यस्तो अवस्थामा सरकारलाई खबरदारी गर्न जरुरी छ ।” सो पार्टीका सुदूरपश्चिम प्रदेश इञ्चार्ज कृष्णकुमार चौधरीलेलगायतले पनि बोल्नुभएको थियो ।

देशको विद्यमान पस्थितिमा राजनीतिक दलको भूमिकाका विषयमा नयाँ शक्ति पार्टी नेपालले थालेको जनसंवाद यात्रा २०७५ का क्रममा खुला अन्तर संवाद कार्यक्रम गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij