२०८३ साउन ९ शनिबार

सिभिल बैंकले चार प्रतिशत नगद लाभांश दिने, घलेम्दी हाइड्रोको शेयर कारोवार सुरु

ई आर्थिक    आइतबार, फाल्गुन ५ २०७५
3K
Shares
सिभिल बैंकले चार प्रतिशत नगद लाभांश दिने, घलेम्दी हाइड्रोको शेयर कारोवार सुरु

काठमाडौँ, ५ फागुन : सिभिल बैंकले आव २०७४/७५ को नाफाबाट शेयरधनीलाई ४.०५ प्रतिशत नगद लाभांश दिने भएको छ ।
बैंकले चुक्ता पूँजी रु सात अर्ब २५ करोड ९३ लाख १० हजार ३६१ को ४.०५ प्रतिशतले हुन आउने रु २९ करोड ४० लाख दुई हजार ६९ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै उक्त नगद लाभांश शेयरधनीलाई वितरण गरिनेछ । कम्पनी सचिव हिराकाजी बस्नेतका अनुसार यही फागुन ३ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।

आर्थिक वर्ष २०७३/७४ मा लाभांश घोषणा गरेपनि शेयरधनीले हालसम्म पाएका छैनन् । सो आवमा बैंकले वार्षिक साधारणसभा नै नगरेका कारण शेयरधनीले लाभांश पाउन नसकेका हुन् । सो आवमा बैंकले १०.२५ प्रतिशत शेयर लाभांश र त्यसमा लाग्ने कर प्रयोजनका लागि ०.५४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो ।

बैंकले आव २०७२/७३ मा २.८८ प्रतिशत शेयर लाभांश दिएको थियो । तर आव २०७३/७४ मा वार्षिक साधारणसभा समेत गरेको थिएन ।

घलेम्दी हाइड्रोको शेयर कारोवार सुरु

यस्तै नेपाल स्टक एक्सचेञ्जले आजदेखि घलेम्दी हाइड्रो लिमिटेड कम्पनीको शेयर कारोवार सुरु गरेको छ । स्टकले घलेम्दीलाई शुरुआती चरणमा न्यूनतम प्रतिकित्ता रु १०० देखि अधिकतम रु ३०० सम्मको सीमा दिएको छ । घलेम्दीको कारोवार सुरु भएसँगै स्टकमा सूचीकृत भएका जलविद्युत् कम्पनीको सङ्ख्या २५ पुगेको छ ।

दोस्रो बजारमा कारोवारमा रहेका अधिकांश जलविद्युत् कम्पनीको शेयर आधारभूत मूल्यको आसपासमा नै रहेको छ । त्यसमा पनि दश कम्पनीको शेयर आधारभूत मूल्यभन्दा तल रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij