२०८३ साउन ९ शनिबार

आर्थिक क्रान्तिका लागि प्राविधिकले नेतृत्व लिनुपर्छ : पूर्वप्रम भट्टराई

ई आर्थिक    शनिबार, फाल्गुन ४ २०७५
2.3K
Shares
आर्थिक क्रान्तिका लागि प्राविधिकले नेतृत्व लिनुपर्छ : पूर्वप्रम भट्टराई

पोखरा : नयाँ शक्ति पार्टीको संयोजक एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले आर्थिक क्रान्तिका लागि व्यस्थापकीय र प्राविधिक क्षमतायुक्त व्यक्तिले नेतृत्व लिनुपर्ने बताउनुभएको छ ।

पोखरा उद्योग वाणिज्य सङ्घद्वारा आज यहाँ आयोजित देशको वर्तमान आर्थिक अवस्था विषयक संवाद कार्यक्रममा उहाँले आगामी दिनमा व्यवस्थापकीय क्षमतासहित राजनीतिक चेत भएका व्यक्तिका हातमा देशको नेतृत्व गएमात्र आर्थिक समृद्धि सम्भव हुने बताउनुभयो ।

राजनीतिक अर्थशास्त्र र प्राविधिक दक्षता हाँसिल गरेका व्यक्तिको नेतृत्वको कारण विश्वका विकसित राष्ट्रले सफलता हात पारेको उहाँले चर्चा गर्नुभयो । सबै चिजको गति दिने भनेको अर्थतन्त्र नै भए पनि नेपालको अर्थतन्त्र स्थिर अवस्थामा रहेकोले विकासमा बाधा परेको तर्क गर्दै उहाँले नेपालको अर्थतन्त्रको मोडल नै परिवर्तन नगरेसम्म विकास सम्भव नभएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासङ्घका तथा पोखरा उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले समानान्तर अर्थतन्त्र कायम रहेसम्म देशको विकास असम्भव भएको दाबी गर्नुभयो ।

पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष दामु अधिकारीले सरकारले समृद्ध नेपाल, सुखी नेपालीको नारा दिए पनि काम गराई भने ठीक नभएको गुनासो गर्नुभयो । पोखरा उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष नारायण कोइरालाले युवा पलायन रोक्न र देशमै रोजगारीको सिर्जना गर्न सरकारको ध्यान जानुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij