२०८३ साउन ९ शनिबार

१३३ साना, मझौला तथा ठूलो उद्योगलाई ‘एक्जीम कोर्ड’

ई आर्थिक    बिहिबार, फाल्गुन २ २०७५
4.9K
Shares
१३३ साना, मझौला तथा ठूलो उद्योगलाई ‘एक्जीम कोर्ड’

काठमाडौँ, २ फागुन : उद्योग विभागले चालू आर्थिक वर्षमा १३३ साना, मझौला तथा ठूलो उद्योगलाई आयात निर्यात कोर्ड (एक्जीम कोर्ड) प्रदान गरेको छ ।

विसं २०७४ साउन १ देखि रु ५० हजारभन्दा बढी मूल्य बराबरको सामान आयात तथा रु पाँच लाखभन्दा बढी मूल्य बराबरको सामान निर्यातका लागि अनिवार्य रुपमा ‘एक्जीम कोर्ड’ लिनुपर्ने व्यवस्थाअनुसार चालू आवमा १३३ उद्योगलाई ‘एक्जीम कोर्ड’ प्रदान गरिएको हो ।

उद्योग विभागले एक्जीम कोर्ड लिनका लागि आवश्यक कागजात र मापदण्ड पूरा गरेका उद्योगलाई भन्सार विभागमा सिफारिस गर्दै आएको छ । गत आवमा घरेलु तथा साना उद्योग विभागले ‘एक्जीम कोर्ड’ लिनका लागि भन्सार विभागमा सिफारिस गर्ने भए पनि चालू आवबाट उक्त विभाग उद्योग विभागमा गाभिएपछि उद्योग विभागले ‘एक्जीम कोर्ड’का लागि भन्सार विभागलाई सिफारिस गर्दै आएको छ ।

विभागका सूचना अधिकारी जीवनराज सेढाईं सरकारले अनिवार्य रुपमा एक्जीम कोर्ड लिई आयात निर्यातको काम गर्नुपर्ने व्यवस्था गरेकाले ‘एक्जीम कोर्ड’ लिनेको सङ्ख्यामा वृद्धि भएको बताउनुहुन्छ । “कोर्ड नलिइकन आयात निर्यातको काम गर्न मिल्दैन”, उहाँले भन्नुभयो । एक्जीम कोर्ड नलिएका उद्योगले सामान आयात तथा निर्यात गर्न नमिल्ने व्यवस्था गरिएको छ ।

विभागले प्यान÷भ्याटमा दर्ता भएका उद्योग, उद्योग र वाणिज्यमा दर्ता भएका उद्योग, आयातको लागि रु १० लाख र निर्यातका लागि रु तीन लाख बैंक ग्यारेन्टी गरेको तथा कर चुक्ता प्रमाणपत्र भएको उद्योगलाई ‘एक्जीम कोर्ड’ प्रदान गर्दै आएको छ । यस्तै वाणिज्यका सामग्री आयात तथा निर्यातका लागि भने वाणिज्य विभागबाट ‘एक्जीम कोर्ड’ लिनुपर्ने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij