२०८३ साउन १० आइतबार

अजोड इन्स्योरेन्स र सुमेरु हस्पिटल बीच नगद रहित उपचार सेवा सम्बन्धी सम्झौता

ई आर्थिक    आइतबार, माघ २७ २०७५
4.5K
Shares
अजोड इन्स्योरेन्स र सुमेरु हस्पिटल बीच नगद रहित उपचार सेवा सम्बन्धी सम्झौता

ई–आर्थिक । अजोड इन्स्योरेन्स लिमिटेड र सुमेरु हस्पिटल प्रा लि धापाखेल बीच नगद रहित उपचार सेवा सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा अजोड इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्री तथा अस्पतालका तर्फबाट निर्देशक दिलिपकुमार डंगोलले हस्ताक्षर गर्नुभयो ।

सम्झौता बमोजिम अजोड इन्स्योरेन्सबाट औषधोपचार बीमालेख लिएका ग्राहकहरुले हस्पिटलमा भर्ना भई उपचार गराउनु पर्ने अवस्थामा सुमेरु हस्पिटलबाट क्यासलेस अर्थात नगद रहित उपचार सेवा उपयोग गर्न पाउने छन ।

अजोड इन्स्योरेन्स लिमिटेडले स्वास्थ बीमामा जोड दिएको र भविश्यमा धेरै भन्दा धेरै मानिसमा स्वास्थ बीमा बारे सचेतना बृद्धि गर्ने उद्देश्यले उतm सम्झौता गरेको जनाएको छ ।

देशैभरिका हस्पिटलसंग सम्झौता गर्ने उद्देश्यका साथ उपत्यकाका बिभिन्न हस्पिटलमा उक्त सम्झौता भइसकेको र अब छिटै उपत्यका वाहिरका अस्पतालमा पनि सम्झौता गर्ने अजोड इन्स्योरेन्स लिमिटेडले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij