ई–आर्थिक, काठमाडौं । अनामनगर र देबीनगर जोड्ने पुल मुनी मृत अवस्थामा एक नवजात शिशुको लाश फेला परेको छ । खोलामा रहेको ढुंगाको च्यापमा अड्किएर बसेको अवस्थामा उक्त लाश फेला परेको थियो । उक्त शिशु छोरी भएको प्रहरीले जानकारी दिएको छ ।

भर्खरै जन्मिएर फलिएको जस्तो देखिने उक्त लाश अन्तैबाट बगाएर ल्याएको अनुमान प्रहरीले गरेको छ ।
कागज र प्लाष्टिकले बेरेर फालिएको उक्त बच्चाको प्रकृति हेर्दा २/३ दिन अघि खोलामा फालिएको हुन सक्ने आशंका प्रहरीको छ । उक्त बच्चा अबैध सम्बन्धबाट जन्मिएको हुन सक्ने पनि प्रहरीको प्रारम्भीक आशंका छ । खोलाको पानीले बगाउँदै गर्दा ढुंगामा अड्किएर रहेको अवस्थामा बच्चाको खुट्टा देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

स्मरणीय त के छ भने केही समय अघि सोही धोविखोलाकै पुल आसपासमा अर्को एक लाश पनि फेला परेको थियो ।
करिब ३ घण्टा जति खोलामै रहेको उक्त लाश हेर्न सो आसपासमा सर्वसाधारणको भिड लागेको थियो । यतिवेला भने धोविखोलाबाट निकालेर प्रहरीले उक्त लाश पोष्टमार्टमको लागि लगेको छ ।
