२०८३ साउन ९ शनिबार

संकटमा मेलम्ची, सीएमसीसँगको ठेक्का सम्झौता ताेडियाे

ई आर्थिक    शुक्रबार, माघ २५ २०७५
3.4K
Shares
संकटमा मेलम्ची, सीएमसीसँगको ठेक्का सम्झौता ताेडियाे
काठमाडाैं : सरकारले मेलम्ची खानेपानी आयोजनाको ठेकेदार कम्पनी सिएमसीसँगको ठेक्का सम्झौता तोडेको छ। मेलम्ची खानेपानी विकास समितिको विहिबार बसेको बोर्ड बैठकले ठेक्का सम्झौता तोड्ने निर्णय गरेको हो।

आयोजना निर्माणको कार्य पुरा नहुँदै समितिलाई जानकारी नै नगराई सिएमसीले आयोजना स्थल छोडेर हिँडेपछि समितिले गत माघ ६ गते १४ दिन भित्र सम्झौता रद्द किन नगर्ने भन्दै त्यसको कारण पेश गर्न ठेकेदार कम्पनीलाई समय दिएको थियो। तर, ठेकेदार कम्पनीबाट कुनै पनि आधिकारिक जवाफ प्राप्त नभएपछि कानुनी जटिलता उत्पन्न हुन नदिन समितिले ठेक्का सम्झौता रद्द गर्नुपरेको जानकारी दिएको छ।

समितिले आफुले उक्त कम्पनीलाई नै काममा फर्काउन चाहेपनि तोकिएको मितिभित्र आधिकारिक जवाफ प्राप्त नहुँदा कानुनी जटिलता पैदा भएको र सम्झौता रद्द नगरे नेपाल सरकारले फिर्ता लिएको बैंक ग्यारेन्टी रकम समेत गुम्न सक्ने जोखिम आउन सक्ने भएकाले सम्झौता तोड्नु परेको बताएको छ।

समितिले ठेक्का तोडिएको परिस्थितिमा आयोजनाका बाँकी काम सम्पन्न गर्न सरकार समक्ष विकल्प सहितको प्रस्ताव तयार गर्ने, सरकारको निर्णयलाई दृढतापूर्वक कार्यान्वयन गरी उत्पन्न परिस्थितिलाई समाधान गर्ने जानकारी दिएको
छ। आयोजनाका काम अघि बढीरहँदा कम्पनीले गत डिसेम्बर १५ तारिकमा आयोजना स्थल छोडेर हिँडेको थियो।

नागरिकबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij