२०८३ साउन ९ शनिबार

कर्णालीवासी अब रोगले मर्नु पर्दैन : मन्त्री रावल

ई आर्थिक    बिहिबार, माघ २४ २०७५
3.6K
Shares
कर्णालीवासी अब रोगले मर्नु पर्दैन : मन्त्री रावल

सुर्खेत, २४ माघ : कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलले कर्णाली प्रदेशवासीले अब रोग र भोकले मर्नु नपर्ने बताउनुभएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, स्वास्थ्य आपत्कालीन तथा विपद् इकाई तथा विश्व स्वास्थ्य सङ्गठनको संयुक्त आयोजनामा वीरेन्द्रनगर सुर्खेतमा आजदेखि सञ्चालित चारदिने ‘विपद पूर्वतयारी एवं प्रतिकार्य योजना तालीम तथा कार्यशाला’ गोष्ठीको उद्घाटन गर्दै मन्त्रीले रावलले कर्णालीका नागरिकको स्वास्थ्य अवस्थालाई प्राथमिकतामा राखिएको बताउनुभयो ।

“गोष्ठीबाट विपद् प्रतिकार्यका लागि पूर्वतयारीको उच्चतम् सेवा दिने योजना निर्माण गर्नुहोस्,” उहाँले भन्नुभयो, “यसले प्रदेश सरकारको समृद्धि र विकासमा सहयोग पुगोस् ।”
कर्णाली प्रदेश सरकारले यहाँको स्वास्थ्य समृद्धिका लागि निकट भविष्यमै स्थानीय तहसम्मका स्वास्थ्य संस्थाको सेवा प्रवाहमा गुणस्तरीय कायम गर्ने उहाँको भनाइ थियो ।

कर्णाली प्रदेश समन्वय परिषद्को बैठकले दुर्गम क्षेत्रमा रहेका स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीको उपलब्धता नभएको ठाउँमा विपद् प्रतिकार्यका लागि पूर्वतयारीका क्रियाकलापलाई बढाएर लैजानेबारे प्रधानताका साथ छलफल गरेको छ ।

कार्यशालामा कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र ५ नं प्रदेशका चिकित्सकहरुको सहभागिता रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका निर्देशक धर्मराज गोसाईंले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij