२०८३ साउन ९ शनिबार

रुपन्देहीका उद्योगी व्यवसायीद्वारा ब्याज वृद्धिको विरोध

ई आर्थिक    शनिबार, माघ १९ २०७५
3.2K
Shares
रुपन्देहीका उद्योगी व्यवसायीद्वारा ब्याज वृद्धिको विरोध

बुटवल : बैंकले तरलता अभावका नाममा ब्याज दर वृद्धि गरेर अप्ठेरोमा पारेको भन्दै रुपन्देहीका उद्योगी व्यवसायीले विरोध गरेका छन् ।

बैंकले ऋणको ब्याज बढाउँदा उद्योग धन्दा नै बन्द हुने स्थिति आएको भन्दै उद्योगी व्यवसायीले त्यसको विरोध गरेका हुन् । बैंकले ऋणको ब्याज बढाएको विरोधमा उद्योगीको छाता संस्था रुपन्देही उद्योग सङ्घले आज नेपाल राष्ट्र बंैकका गर्भनर डा चिरञ्जीवी नेपाललाई ज्ञापनपत्र बुझाएको छ ।

सङ्घका अध्यक्ष गणेशप्रसाद अधिकारीको नेतृत्वमा उद्योगीको प्रतिनिधिमण्डलले नेपाल राष्ट्र बैंक भैरहवा शाखा व्यवस्थापक अशोक पौडेलमार्फत बुझाएको ज्ञापनपत्रमा ऋण लिने समयमा भएको सम्झौता विपरित उद्योगीलाई ब्याज बढेको पत्र पठाउने तथा असुल्ने गरेको भन्दै त्यसलाई तत्काल रोक्न आग्रह गरिएको छ ।

राष्ट्र बैंकले तोकेको कर्जा र निक्षेपको ब्याजअन्तर (स्प्रेड दर) को सीमासमेत नाघ्ने गरी बंैकले कर्जाको ब्याज दर वृद्धि गरेको र ब्याज दर वृद्धिको समस्या हल गर्न सरकार, राष्ट्र बैंक र सरोकारवालासँग आग्रहसमेत गरिएको छ ।

ज्ञापनपत्र बुझाउँदै सङ्घका अध्यक्ष अधिकारीले बैंकले हचुवाका भरमा ब्याजदर बढाउँदा उद्योगधन्दामा प्रत्यक्ष असर परेको भन्दै बैंकले नेपाल राष्ट्र बैंकले तोकेको कर्जा र निक्षेपको ब्याजअन्तर (स्प्रेड दर) को सीमासमेत नाघ्ने गरी कर्जाको ब्याज दर वृद्धि गरेको हुँदा समस्या हल गर्न राष्ट्र बैंकसँग आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij