२०८३ साउन ९ शनिबार

कलाकार बिएस राणाको निधन

ई आर्थिक    शुक्रबार, माघ १८ २०७५
5.3K
Shares
कलाकार बिएस राणाको निधन

काठमाडौँ, १८ माघ : नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकार बिएस राणाको आज बिहान ७९ वर्षको उमेरमा निधन भएको छ । उहाँको उपचारका क्रममा आज बिहान शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको लेखक तथा कलाकार घनश्याम खतिवडाले राससलाई जानकारी दिनुभयो ।

करीब ३० वर्ष बेलायतमा बस्नुभएका राणाले त्यहाँ रहँदा विश्वविख्यात साहित्यका शेक्सपियरका नाटकहरुमा अभिनय गर्नुभएको थियो । राणाले विसं २०४१ देखि नेपाली चलचित्रमा पनि अभिनय शुरु गर्नु भई दर्जनाँै चलचित्रमा अभिनय गर्नुभएको छ ।

उहाँले दक्षिणा, कोसेली, चिनो, दुई थोपा आँशु, नेपाली बाबु, करोडपति, दर्पण छायाँ–२, सेतो बाघ, हबल्दार, सुन्तली, काफल पाक्यो, सम्बोधन, साथी म तिम्रो, आई एम सरी, दासढुङ्गा, बसन्तीगलगायतका चलचित्र तथा दर्जनाँै टेलिचलचित्रमा अभिनय गर्नुभएको छ ।

काठमाडौँ बूढानीलकण्ठका स्थायी बासिन्दा राणा केही समयदेखि ललितपुरको भैँसेपाटीमा बस्दै आउनुभएको थियो । उहाँका श्रीमती र तीन छोरी हुनुहुन्छ । उहाँको छोराको भने केही वर्षअघि नै निधन भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij