२०८३ साउन ९ शनिबार

स्वीस बैंकमा आइएमई समूहको खाता नभएको स्पष्टोक्ति

ई आर्थिक    शुक्रबार, माघ ४ २०७५
2.6K
Shares
स्वीस बैंकमा आइएमई समूहको खाता नभएको स्पष्टोक्ति

काठमाडौँ, ३ माघ : आइएमई समूहले स्वीस बैंकमा आफ्नो समूहको नाममा कुनै खाता नभएको स्पष्ट पारेको छ । समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले कुनै पनि ‘ट्याक्स हेभन’ देशमा कम्पनी दर्ता नरहेको र आफ्नो समूहले प्रवद्र्धधन गरेका कुनै पनि कम्पनीमा अन्य मुलुकबाट लगानी नआएको जनाएको छ ।

गैरकानूनी रुपमा एक रुपैयाँ पनि विदेश नलगेको र विदेशबाट लगानी नभित्रयाएको अध्यक्ष ढकालले बताउनुभयो । कानुनले दिएको अधिकार प्रयोग गरी पूरै प्रक्रियाको पालना गरेर बेलायतमा खोलिएको एउटा कम्पनीको विषयलाई जोडेर भ्रम सिर्जना गरिएको उहाँको दावी थियो ।

अध्यक्ष ढकालले नेपाल सरकार, नेपाल राष्ट्र बैंकको अनुमतिबाट सन् २००१ मा शुरु भएको आइएमईले यो अवधिमा विश्वका विभिन्न मुलुकबाट करिब रु १४ खर्ब रुपैयाँ विप्रेषण भित्र्यएको जानकारी दिनुभयो ।

अध्यक्ष ढकालले आफ्ना भाई हेमराज ढकाल गैरआवासीय नेपाली भएकाले उनको नाममा बेलायतमा एक कम्पनी दर्ता गरिएको उल्लेख गर्दै गैरआवासीय नेपालीको हैसियतमा नेपाली भएको देशमा विभिन्न कम्पनीसँग सहकार्य गरेर नेपाल भित्रिने विप्रेषणमा टेवा पु¥याएको उहाँको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij