२०८३ साउन ९ शनिबार

एक किलो सुनसहित छ जना पक्राउ

ई आर्थिक    आइतबार, पौस २९ २०७५
3.1K
Shares
एक किलो सुनसहित छ जना पक्राउ

लहान, २९ पुस : पूर्व पश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार नगरपालिका–९ स्थित घुर्मीपुलबाट एक किलो ७५७ ग्राम सुनसहित सशस्त्र प्रहरीको टोलीले शनिबार छ जनालाई पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल गण हेक्वा सिरहा नम्बर ७ बाट खटिएको टोलीले काठमाडौँतर्फ जाँदै गरेको बीआर ३२ पीए ४६४४ नम्बरको भारतीय स्कार्पियो जीप चेकजाँच गर्ने क्रममा सुनसहित सिरहाको लहान नगरपालिका–१९ निवासी ३२ वर्षीय गाडी चालक मोहमद रियाज राईम, सोही ठाउँ निवासी ४२ वर्षीय मोहमद हकिम, २८ वर्षीय मोहमद अमिरुल, २४ वर्षीय मोहमद रहमान, ४५ वर्षीय कैयुम राईम र सप्तरीको खड्क नगरपालिका–३ निवासी १८ वर्षीय मोहमद अफ्रोजलाई पक्राउ गरेको जनाएको छ ।

चालक रियाजको साथबाट चार थान वाला र तीन वटा काँचो सुन, अमिरुलको साथबाट एउटा बाला र कैयुमको साथबाट एउटा बाला बरामद भएको सशस्त्र प्रहरी नायब उपरीक्षक अजय छतकुलीले जानकारी दिनुभयो ।

पक्राउ परेकाको साथबाट नगद रु ३४ हजार ५०० र छ थान मोवाइल सेटसमेत बरामद गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij