२०८३ साउन ९ शनिबार

पूँजी बजार सुधारका योजनासहितको प्रतिवेदन पेश

ई आर्थिक    बिहिबार, पौस ५ २०७५
4K
Shares
पूँजी बजार सुधारका योजनासहितको प्रतिवेदन पेश

काठमाडौँ : मुद्रा तथा पूँजी बजारमा देखिएका प्रवृत्तिको अध्ययन गरी सुझाव दिन गठीत कार्यदलले आज अर्थमन्त्री समक्ष प्रतिवेदन पेश गरेको छ ।

कार्यदलका सदस्य अम्बिकाप्रसाद पौडेलले पूँजी बजार सुधारका योजनासहितको प्रतिवेदन अर्थ मन्त्रालयलाई बुझाइएको जानकारी दिनुभयो ।

अर्थ मन्त्रालयले वित्तीय स्थायित्व कायम गर्न एवं औद्योगिक तथा पूँजी बजार क्षेत्रमा लगानीका लागि देखिएको समस्या पहिचान गरी सुझाव पेश गर्न नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको थियो । गत मङ्सिर २० गते गठीत कार्यदललाई सात दिनभित्र सुझाव पेश गर्न भनिए पनि अध्ययनका क्रममा केही थप समय लागेकाले प्रतिवेदन बुझाउन ढिला भएको हो ।

कार्यदलको सदस्यमा धितोपत्र बोर्डका अध्यक्ष, बैंकर्स सङ्घका अध्यक्ष, शेयर लगानीकर्ता सङ्घका प्रतिनिधि र अर्थ मन्त्रालयका वित्तीय क्षेत्र व्यवस्थापन हेर्न सहसचिव हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij