काठमाडौं । चौतारी लघुवित्त वित्तीय सस्ंथा लिमिटेडको साधारण सेयरको बाँडफाँड भएको छ । १०० रुपैयाँ अंकित दरको ६,००,००० (छ लाख) कित्ता साधारण शेयरहरु (सो मध्ये ३०,००० कित्ता सामूहिक लगानी कोषहरुलाई र ९,३०० कित्ता शेयर कर्मचारीहरुको लागि बाँडफाँड गरिएको) र बाँकी ५,६०,७०० कित्ता साधारण शेयरहरु सर्वसाधारणहरुमा विक्री वितरण गरिएको थियो ।
सो वित्तीय संस्थाको यही मंसिर १९ गते देखि २३ गतेसम्म निष्काशन तथा बिक्री खुल्ला गरिएको थियो । सो सेयरको निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको थियो ।
सर्वसाधारण लगानीकर्ताहरुको सुविधाको लागि बाँडफाँडमा परेका आवेदकहरुको विवरण शेयर निष्काशन तथा बिक्री प्रबन्धकको वेभसाइट www.niblcapital.com मा हेर्न सकिने व्यवस्था रहेको एनआईबीएलएस क्यापिटलले जानकारी दिएको छ ।