लिमिटेडले हाल डिस्टिल वाटर, जीवनजल, सिटामोल र ग्लिसिरिन नामक औषधि उत्पादन गरिरहेको छ । जीवनजल मासिक १ लाख प्याकेट, सिटामोल मासिक १० लाख ट्याब्लेट, डिस्टिल वाटर मासिक ४ हजार लिटर उत्पादन हुने गरेको । तर, सो उत्पादनले बजार धान्दैन ।
बजारमा हाल जीवनजल मासिक कम्तीमा ५ लाख प्याकेट, सिटामोल मासिक १ करोड ट्याब्लेट माग छ । यस्तै डिस्टिल वाटर र ग्लिसिरिन अत्यधिक माग छ ।
विभिन्न समयमा बनेका सरकारले यसको विकास र संवद्र्धनमा ध्यान दिनुको साटो योग्यता र दक्षताबिना नै आफूनिकटका व्यक्तिलाई नेतृत्वमा पु-याउने गरेकाले औषधि लिमिटेडको अधोगति सुरु भएको हो । चरम राजनीतिक हस्तक्षेप र बजेट अभावका कारण लिमिडेट धराशायी अवस्थामा पुगेको लिमिटेडका कर्मचारीको आरोप छ ।
२०६७ देखि २०७३ सम्म लिमिटेडले सरकारी मापदण्ड पूरा गर्न नसक्दा र सरकारले पनि ध्यान नपु-याउँदा बन्द भयो । तत्कालीन उद्योगमन्त्री नवीन्द्रराज जोशीले २०७३ मा पुनः सञ्चालनका लागि भन्दै १४ करोड ६५ लाख रुपैयाँ ऋण सहयोग उपलब्ध गराउने निर्णय गरेलगत्तै बन्द भएको लिमिटेडले पुनर्जीवन पाएको थियो । हाल यसले विश्व स्वास्थ्य संगठनको मापदण्डसमेत पूरा गरिसकेको छ ।
लिमिटेड अहिले पनि एक अर्ब रुपैयाँ ऋणको भारमा रहेको प्रशासन शाखाले जनाएको छ । २०२९ सालदेखि ऋणले थला पर्दै आएको संस्थाले फड्को मार्नु त कहाँ हो कहाँ आमनागरिकले नेपालमै उत्पादन भएको औषधि सहज र सरल तरिकाले पाएका छैनन् । तलब–भत्ता र कार्यालय सञ्चालनमा सबैभन्दा बढी रकम खर्च हुने गरेको छ ।
विभिन्न समयमा बनेका सरकारले यसको विकास र संवद्र्धनमा ध्यान दिनुको साटो योग्यता र दक्षताबिना नै आफूनिकटका व्यक्तिलाई नेतृत्वमा पु-याउने गरेकाले औषधि लिमिटेडको अधोगति सुरु भएको हो ।
लिमिटेडले हाल चार प्रकारका औषधि उत्पादन भइरहेकोमा २०७७ सालभित्र २१ प्रकृतिका औषधि उत्पादन गर्ने लक्ष्य लिएको छ । तर, सरकाको सहयोग नभएमा सो लक्ष्य पूरा हुन कठिन हुने लिमिटेडका महाप्रबन्धक डा. रोभस कुसम सुवेदीले बताए ।
कर्मचारीलाई तलब–भत्ता खुवाउन रकम अभाव हुँदा ऋण बढ्दो छ । लिमिटेडमा हाल १०४ जना कर्मचारी छन् । जसमा स्थायी ८९ र करार १५ जना छन् ।
अधिकांश खर्च कर्मचारी तलबमा भइरहेको भन्दै जनशक्ति कटौती गर्ने तयारी गरिएको महाप्रबन्धक सुवेदीले बताए ।
उनले भने, ‘कुल कर्मचारी संख्याको ६० प्रतिशत जनशक्ति कटौती गर्ने योजना छ । अहिले लिमिटेडले रकम अभाव भएपछि दैनिक प्रशासन सञ्चालन गर्न ५ करोड रुपैयाँ सरकारसँग मागेको छ ।
यस्तै कच्चा पदार्थ आयात, पुराना मेसिनको अपग्रेडमा रकम खर्च भएको लिमिटेड बताउँछ । औषधि उत्पादनका लागि आवश्यक पर्ने ९० प्रतिशत कच्चा पदार्थ भारत र १० प्रतिशत कच्चा पदार्थ युरोप, जापानलगायतका देशहरूबाट आयात हुँदै आएको छ ।
नेपालमा कुल औषधि मागको ५० प्रतिशत बाह्य देशबाट आयात भइरहेको छ । अधिकांश भारत, चीन र बंगलादेशबाट आयात हुने गरेको छ ।
तर, जीएमपी(कुशल उत्पादन अभ्यास) मापदण्ड पूरा नगरेपछि २०६६÷६७ देखि २०७२ सम्म यो लिमिटेड बन्द हुन पुगेको हो । त्यसपछि मापदण्ड पूरा गर्ने सर्तमा खुलेर काम गर्दै आएको छ ।,
लिमिटेडका अनुसार अबको दुई वर्षभित्र थप १६ प्रकारका औषधिहरु उत्पादन गर्ने लक्ष्य छ । जसअन्तर्गत अरडिप्लेक्स ट्याब्लेट, नेस्कोरबिक ट्याब्लेट, मिनोफिल्लिन ट्याब्लेट, बेसिक्स ट्याब्लेट, एमजिट फोर हन्ड्रेड ट्याब्लेट, एमजिट टु हन्ड्रेड ट्याब्लेट, सलबुमोल फोर ट्याब्लेट पर्छन् ।
यस्तै, सेटाप्लस ट्याब्लेट, आरडिजेट फोर हन्ड्रेड ट्याब्लेट, आरडी सोडामिन्ट ट्याब्लेट, एमजिट डीएफ ट्याब्लेट, कोडिनी फोसफेट ट्याब्लेट, डिमाजेल ट्याब्लेट, एन्टिल्लेरजिन ट्याब्लेट, एरडिरोन ट्याब्लेट र सेट्रिमाइन ट्याब्लेट रहेका छन् । यी औषधि उत्पादनका लागि ५ करोड अर्थ मन्त्रालयसँग माग गरिएको लिमिटेडका महाप्रबन्धक सुवेदीले बताए । सुवेदीका अनुसार अहिले लिमिटेडलाई जोगाउन बनाइएको दुई वर्षीय योजना सरकारलाई पठाइएको छ । योजनामा कर्मचारी कटौती, नयाँ औषधि उत्पादनलगायतका कार्यक्रम समेटिएका छन् ।
राजधानीबाट