२०८३ साउन ९ शनिबार

काठमाडौँमा चिसो बढ्यो, काठमाडौँको न्यूनतम तापक्रम ४ दशमलब ८ डिग्री सेल्सियस

ई आर्थिक    सोमबार, मंसिर २४ २०७५
3K
Shares
काठमाडौँमा चिसो बढ्यो, काठमाडौँको न्यूनतम तापक्रम ४ दशमलब ८ डिग्री सेल्सियस

काठमाडौँ, २४ मङ्सिर : काठमाडौँ उपत्यकाको तापक्रम घटेसँगै आज यस वर्षकै बढी चिसो महसुस गरिएको छ । उपत्यकासहित देशभर चिसो बढेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज उपत्यकाको तापक्रम वर्षकै सबभन्दा कम मापन गरिएको छ । आज काठमाडौँको न्यूनतम तापक्रम ४ दशमलब ८ डिग्री सेल्सियसमा झरेको छ । तापक्रम निरन्तर घट्दै गयो भने काठमाडौँको तापक्रम केही दिनमै माइनसमा झर्नसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अबको केही दिनमै तराई क्षेत्रमा पातलो कुहिरो लाग्ने अनुमान गरिएको छ । पहाडी क्षेत्रमा लामो समय पानी नपरेका कारण तुवाँलोले दृश्यता कमजोर भएको छ । अहिलो पानी पर्ने कुनै सम्भावना नरहेको विभागका मौसविद् गङ्गा नगरकोटीले जानकारी दिनुभयो । अहिले सिमरा, ताप्लेजुङ, जुम्लाको तापक्रम माइनसमा झरेको छ । त्यस्तै वीरेन्द्रनगरको न्यूनतम तापक्रम १० दशमलव ४ डिग्री सेल्सियस र अधिकतम तापक्रम २८ दशमलव ५ डिग्री मापन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij