२०८३ साउन ९ शनिबार

उद्योगीहरु खेलिरहेको जुवाको खालमा प्रहरीको छापा, पाँच उद्योगी पक्राउ

ई आर्थिक    सोमबार, कार्तिक २६ २०७५
4.8K
Shares
उद्योगीहरु खेलिरहेको जुवाको खालमा प्रहरीको छापा, पाँच उद्योगी पक्राउ

विराटनगर : मोरङको बूढीगङ्गा गाउँपालिका–१ स्थित गङ्गा चौकबाट प्रहरीले ठूलो रकमसहित पाँचजना उद्योगपति जुवाडेलाई आज बिहान पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक मनोजकुमार केसीले दिएको जानकारीअनुसार विशेष सुराकीका आधारमा खटिएको प्रहरी टोलीले विराटनगर महानगरपालिका–२ बस्ने चम्पालाल राठीको गोदामघरमा तास खेल्दै गरेको अवस्थामा नगदसहित ती उद्योगपति पक्राउ परेका हुन् ।

यसरी पक्राउ पर्नेहरुमा गोदाम घरधनी चम्पालाल राठीसहित विराटनगर–५ बस्ने ५० वर्षीय जीवन रिजाल, विराटनगर–३ बस्ने ५१ वर्षीय मुकेशकुमार अग्रवाल, विराटनगर–७ बस्ने ५१ वर्षीय बिमल अग्रवाल र ३८ वर्षीय हंशराज जैनलाई रहेका छन् । उक्त जुवाको खालबाट प्रहरीले रु एक लाख ९० हजार १४० र १७ बुक तास बरामद गरेको छ । पक्राउ परेका पाँच जनालाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij