२०८३ साउन ९ शनिबार

सहयोगी विकास बैंकको नाफामा ३०० प्रतिशतले बृद्धि, अझै नाफा बढाउने प्रतिबद्धता

ई आर्थिक    आइतबार, कार्तिक १८ २०७५
4.8K
Shares
सहयोगी विकास बैंकको नाफामा ३०० प्रतिशतले बृद्धि, अझै नाफा बढाउने प्रतिबद्धता

काठमाडौं । सहयोगी विकास बैंक लिमिटेडले आफ्नो नाफालाई उल्लेख्य रुपमा बृद्धि गर्न सफल भएको छ । बैंकले चालु आबको पहिलो त्रैमासमा ३०० प्रतिशतले नाफा बृद्धि गरी ३ जिल्लाका कार्यरत बैंक मध्ये आफुलाई अग्रस्थानमा राख्नमा सफल भएको छ ।

अघिल्लो बर्षको सोही अवधिमा बैंकको घाटा १ करोड १ लाख ८६ हजार रुपैयाँ थियो । बैंकले यस बर्षको पहिलो त्रैमासमा २ करोड २ लाख ६१ हजार १२० रुपैयाँ नाफा गर्दै आफ्नो नाफालाई लक्षय भन्दा बढी बढाउन सफल भएको हो ।

त्यसैगरी बैंकले खुद नाफालाई २२७ प्रतिशतले बृद्धि गरेको छ । यस अवधिमा बैंकको खुद नाफा १ करोड २८ लाख ७९ हजार ४४० रुपैयाँ रहेको छ । अघिल्लो आबको सोही अवधिमा बैंकको खुद घाटा १ करोड १ लाख ८६ हजार ४४० रुपैयाँ रहेको थियो ।

बैंकले यो तथ्यांकसँगै अन्य तथ्यांकहरुलाई समेत उत्साहजनकरुपमा सुधार गरेको छ । निष्क्रिय कर्जा १.२३ प्रतिशतमा मा झारेको छ । गत बर्ष बैंकको निष्क्रिय कर्जा २.५४ प्रतिशत रहेको थियो भने खुद नाफा कुल आम्दानी प्रतिशत ९.३२ रहेको छ। त्यस्तै प्रति सेयर आम्दानी १०.१२ रहेको, बैंकको प्रतिसेयर नेटवर्थ १४६.४३, मूल्य आम्दानी अनुपात २१.५४ प्रतिसेयर, कुल सम्पत्तिको मूल्य रु. १,०००.९८ रहेको छ । त्यस्तै बैंकको तरलता अनुपात प्रतिशेयर ३७.७९ रहेको छ । सीसीडी रेसियो ६८ प्रतिशत रहेको जनाएको छ ।

संस्थागत सुशासन र वित्तीय अनुशासन पालनासँगै ग्राहकमूखि सेवा प्रदान गर्दै आएका र कर्मचारीहरुको प्रयासबाट उक्त नाफा बृद्धि गर्न सफल भएको बैंकका प्रमुख कार्यकारी अधिकृत विनय रिजालले जानकारी दिनुभयो । बैंकको सबै आर्थिक सुचकांकहरु आगामी दिनमा अझ सुधार गर्दै बैंकले प्रगतिको ठूलो फड्को मार्ने र शेयर बजारमा शेयर मूल्य राम्रो प्रतिफल दिने प्रतिबद्धता प्रमुख कार्यकारी अधिकृत रिजालले व्यक्त गर्नुभयो ।

स्मरणीयत के छ भने हालै प्रकाशित चौथो त्रैमासिक वित्तीय विवरण अनुसार प्रति सेयर आम्दानीमा सहयोगी विकास बैंकले नेपालका सबै विकास बैंकलाई उछिनेको थियो ।

हालैमात्र सफलतापूर्वक १६ औं बर्षमा प्रवेश गरेको यो बैंकको मूख्य कार्यालय जनकपुरमा रहेको छ । बैंकले धनुषा, महोत्तरी र सिन्धुलीमा गरी तीन जिल्लाका विभिन्न स्थानमा गरी ११ स्थानमा शाखा विस्तार गरी सेवा विस्तार प्रदान गर्दै आएको छ । बैंकले थप तिन स्थानमा चाँडै नै शाखा सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ भने यसै आर्थिक बर्षभित्र १७ शाखा पु¥याउने लक्ष्य लिएको छ ।

५० करोड ९६ लाख ६८ हजार रुपैयाँ चुक्ता सेयर पूँजी रहेको बैंकले हालसम्म रू. ४ अर्ब ४५ करोड ५६ लाख निक्षेप संकलन गरी, ३ अर्ब ४५ करोड ७३ लाख रुपैयाँ कर्जा प्रवाह गरेको बताएको छ । त्यसैगरी बैंकमा २३ करोड ६४ लाख संचिति कोष रहेको छ ।

हाल बैंकको कष्ट अफ फण्ड ७.१२ प्रतिशत छ भने बेस रेट १०.११ प्रतिशतमा ल्याउन सफल भएको छ । जसले गर्दा कर्जा लगानीमा व्याज पनि १०.५० देखि १५.५० सम्म राख्न सफल रहेको छ । जुन ‘क’ वर्गका बैंकहरु सँगको समानतामा रहेको छ । यस वर्षको पहिलो त्रैमासिकमा बैंकले ५५ करोड निक्षेप संकलन गर्न सफल भएको छ भने सोही अवधीमा कर्जा प्रवाह ४७ करोड गर्न सफल भएको छ, जून यस क्षेत्रको लागी हामी जस्तो ‘ख’ वर्गको बैंकको लागि धेरै नै हो ।

सहयोगी बैंकले आफुलाई यस क्षेत्रकै अब्वल बैंकको रुपमा स्थापना हुने प्रमुख कार्यकारी अधिकृत बिनय रिजाल बताउनु हुन्छ । नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘ख’ वर्गको यो बैंकले ग्राहकलाई प्रविधिमैत्री अत्याधुनिक सेवा प्रदान गर्दै आएको छ । बैंकमा हाल ७५,००० जना सन्तुष्ट ग्राहकहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij