२०८३ साउन ९ शनिबार

तिहार नजिकिँदै गर्दा आठ करोडको तास

ई आर्थिक    शुक्रबार, कार्तिक १६ २०७५
2.2K
Shares
तिहार नजिकिँदै गर्दा आठ करोडको तास
सन्तोष न्यौपाने, काठमाडौं- पछिल्लो तीन महिनामा मुलुकमा आठ करोड रुपैयाँको तास आयात भएको छ। तास खेल्ने पर्व तिहार नजिकिँदै गर्दा यसको आयात ५२ लाख प्याकेटभन्दा धेरै भएको छ। यो तथ्यांक गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४६.७६ प्रतिशत धेरै हो।

भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ८ करोड ६ लाख ५४ हजार रुपैयाँ बराबरको ५१ लाख ९३ हजार ८ सय प्याकेट तास आयात भएको छ। सबैभन्दा धेरै तास असोजमा भित्रिएको छ।

नेपालीको दोस्रो ठूलो चाड तिहारमा जुवातास खेल्ने परम्परा छ। तिहारलाई लक्षित गरेर तास भित्रिएको देखिन्छ। तथ्यांकअनुसार तीन महिनामा आयात भएको ८ करोड साढे ६ लाख रुपैयाँको तासमध्ये असोजमा झन्डै आधा तास आयात भएको देखिन्छ । साउनमा एक करोड ४७ लाख र भदौमा ३ करोड ६ लाख ४८ हजारको तास आयात भएको छ । असोजमा ४ करोड ५४ लाखको आयात भएको तथ्यांक छ।

भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ८ करोड ६ लाख ५४ हजार रुपैयाँ बराबरको ५१ लाख ९३ हजार ८ सय प्याकेट तास आयात भएको छ। सबैभन्दा धेरै तास असोजमा भित्रिएको छ।

विगतका तथ्यांक हेर्दा तिहार आउनुभन्दा एकदुई महिनाअघि मात्रै ठूलो परिमाणमा तास आयात भएको देखिन्छ। आर्थिक वर्ष २०७४/७५ को पहिलो तीन महिनामा ५ करोड ४२ लाख ७६ हजार रुपैयाँको ४८ लाख ६९ हजार प्याकेट तास आयात भएको थियो। सो वर्ष कुल १४ करोड ५७ लाख २६ हजार रुपैयाँको १ करोड २१ लाख ४४ हजारभन्दा बढी प्याकेट तास आयात भएको थियो। तीमध्ये चीनबाट १३ करोड ५२ लाख रुपैयाँको तास आयात भएको थियो। यस्तै आर्थिक वर्ष २०७३/७४ मा कुल १२ करोड ६१ लाख रुपैयाँको १ करोड ११ लाख प्याकेट तास आयात भएको थियो।

चालु आवमा पनि सबैभन्दा बढी तास चीनबाट आयात भएको छ। तथ्यांकअनुसार चीनबाट ७ करोड ८७ लाख ४६ हजार रुपैयाँका ५१ लाख ५० हजार ८ सयभन्दा धेरै प्याकेट तास आयात भएको छ। बाँकी तास भारत र बेलायतबाट आयात भएको विभागको तथ्यांकमा उल्लेख छ।

नेपालमा अमेरिका, हङकङ, मलेसिया, पोल्यान्ड, ताइवान, थाइल्यान्डबाट पनि तास आयात हुन्छ।

मुलुकमा हरेक वर्ष आयातमा वृद्धि हुँदै गए पनि तास खेल्न भने प्रतिबन्ध लागेको छ। मनोरञ्जनका लागि जुवा घर अर्थात् क्यासिनो (विदेशीलाई मात्र) बाहेक अन्य ठाउँमा बर्जित गरेको तास पानपसलदेखि डिपार्टमेन्ट स्टोरसम्म खुलेआम बिक्री भइरहेको छ। सरकारले तास खेल्नेमाथि कारबाही गरे पनि यसको बिक्रीमा भने कडाइ गरेको छैन।

नेपाल प्रहरीले तास खेल्नेलाई बेलाबेलामा पक्राउ गरेर कारबाहीसमेत गर्दै आएको छ । केही समयअघि उपत्यकाभित्रै तास खेल्दै गरेको समूहलाई पक्राउ गर्न खोज्दा भागदौडका क्रममा दुईजना जुवाडेको मृत्यु भएको थियो। तास पनि जुवाकै अंगका रूपमा राखिएकाले यो खेलमा प्रतिबन्ध लगाइएको प्रहरी भनाइ छ।

सरकारले आयातनिर्यातको सूचीबाट तासलाई हटाउने हो भने तास आयात गर्न नपाइने भन्सार विभागले जनाएको छ। उक्त सूचीमा रहँदासम्म तास आयात रोक्न नसकिने विभागका अधिकारी बताउँछन्।

नागरिकबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij