२०८३ साउन ९ शनिबार

माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको शेयर बाँडफाँड, स्थानीयवासीलाई अधिकतम १०२ कित्ता

ई आर्थिक    बिहिबार, कार्तिक १५ २०७५
4K
Shares
माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको शेयर बाँडफाँड, स्थानीयवासीलाई अधिकतम १०२ कित्ता

चरिकोट, १५ कात्तिक : आयोजना प्रभावित दोलखावासीका लागि माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले बुधबार साधारण शेयर बाँडफाँड गरेको छ ।

आवेदनको आधारमा ‘क’ वर्गले १०२ कित्ता, ‘ख’ वर्गले ४८ कित्ता र ‘ग’ वर्गले ३४ कित्ता शयेर पाएका छन् । आयोजना प्रभावित क्षेत्रको आधारमा दोलखावासीलाई क, ख र ग गरी तीन वर्गमा विभाजन गरिएको थियो । कम्पनीले आयोजना प्रभावितका लागि असार १६ गतेदेखि भदौ २१ गतेसम्म एक करोड पाँच लाख ९० हजार कित्ता शेयरको लागि आवेदन आह्वान गरेकामा दुई लाख ५० हजारभन्दा बढी दोलखावासीले आवेदन दिएका थिए ।

‘क’ वर्गका ३० कित्तादेखि १०० कित्ता आवेदन गर्नेले १०० कित्ता नै र ११० देखि ३०० कित्तासम्म आवेदन गर्नेले १०२ कित्ता पाएका छन् । त्यसैगरी ‘ख’ वर्गका ३० देखि ४० कित्ता शयेर माग गर्नेले माग बमोजिम र ५० कित्तादेखि ३०० कित्तासम्म माग गर्नेले ४८ कित्ता श्येर पाएका छन् भने ‘ग’ वर्गका ३० देखि ४० कित्ता माग गर्नेले ३२ कित्ता र ४० देखि ३०० कित्तासम्म माग गर्नेले ३४ कित्ता शयेर पाएका छन् ।

माथिल्लो तामाकोशी शेयर निष्काशन तथा बिक्री प्रबन्धक कम्पनी नागरिक लगानी कोष र सहायक प्रबन्धक सनराइज क्यापिटल लिमिटेडले धितोपत्र बोर्डको सहमतिमा बुधबार शयेर बाँडफाँड गरेकोे तामाकोशी आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेले बताउनुभयो । आवेदकको बाँकी रकम अबको केही दिनभित्रै आवेदन भरेको बैंक खातामार्फत फिर्ता गरिने आयोजनाका प्रवक्ता न्यौपानेले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij