काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले जारी पूँजी मध्ये १० प्रतिशत अर्थात ४,००,००० कित्ता साधारण शेयर उद्योग प्रभावित क्षेत्र तेह्रथुम जिल्लाका स्थानिय बासिन्दाहरुलाई र २० प्रतिशत अर्थात ८,००,००० कित्ता साधारण शेयर सर्वसाधारणहरुमा जारी गर्ने भएको छ ।
उक्त सेयरको निष्काशन तथा विक्री प्रवन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।
शेयर निष्काशन सम्बन्धी सम्झौतापत्रमा तेह्रथुम पावर कम्पनीको तर्फबाट प्रबन्ध सञ्चालक मोहनकुमार डाँगी र एनआईबिएल एस क्यापिटलको तर्फबाट महाप्रवन्धक मेख बहादुर थापाले हस्ताक्षर गर्नुभयो ।
उक्त कम्पनीको अधिकृत पूँजी रु.४० करोड, जारी पूँजी रु.४० करोड र चुक्ता पूँजी रु. २८ करोड रहेको छ । स्थानीय बासिन्दा तथा सर्वसाधारणहरुमा शेयर निष्काशन गरी बाँडफाँड गरे पश्चात कम्पनीको चुक्ता पूँजी रु.४० करोड हुनेछ ।
तेह्रथुम पावर कम्पनीले तेह्रथुम जिल्लाका साविक मोराहाड्ड, श्रीजुड्ड, पौठाक र ओयाक्जुड्ड गाविसहरु हाल मेन्छ्यायेम गाउँपालिकामा ७.५ मेगावाट क्षमताको माथिल्लो खोरूड्डा खोला साना जलबिद्युत आयोजनाको निर्माण कार्य गरिरहेको छ ।
हालसम्मको समग्र कार्य प्रगति हेर्दा ५५ प्रतिशत काम सम्पन्न भएको छ । नेपाल विद्युत प्राधिकरणस“ग २०७३ कार्तिकमा विद्युत खरिद बिक्री सम्झौता गरिएको आयोजनाको सम्झौता अनुसार २०७६ पौष १ गते व्यापारिक विद्युत उत्पादन गर्नु पर्नेछ । तर कम्पनीले आयोजना २०७६ सालको असार १ गते अथवा ६ महिना पहिले विद्युत उत्पादन गर्ने लक्ष्य सहित काम गरिरहेको छ ।
यस आयोजनामा माछापुच्छ«े बैंकको अगुवाईमा नेपाल बंगलादेश बैंक र जनता बैंकको १ अरब (४०+३०+३०) लगानी रहेको छ । क्लिन इनर्जी कन्सल्टेन्सीको डिजाइन तथा सुपरभिजनमा निर्माण भइरहेको यो हाइड्रोलाई धौलागिरी कन्स्ट्रक्सन एण्ड डेभलपमेन्ट÷खड्काकृष्ण जेभीले निर्माण गरिरहेको छ ।
यो आयोजनामा लगभग ९५∞ लगानी तेह्रथुम जिल्लाबासीहरुको रहेकाले स्थानीयहरुको पूर्ण समर्थन रहेको कम्पनीले जानकारी दिएको छ । हालसम्मको कार्य प्रगति हेर्दा र कुनै प्राकृतिक बिपक्ती नपरेको खण्डमा यो आयोजना कार्य तालिका अनुसारको समयमा सम्पन्न हुने कम्पनीले जानकारी दिएको छ ।