२०८३ साउन ९ शनिबार

सुजुकीको बाइक तथा स्कूटरमा दशैं स्किम

ई आर्थिक    मंगलबार, असोज ९ २०७५
7.9K
Shares
सुजुकीको बाइक तथा स्कूटरमा दशैं स्किम

काठमाडौं । जपानिज कम्पनीबाट उत्पादित सुजुकी बाइक तथा स्कूटरमा ग्राहक महानुभाबले खरीद गर्दा दशै तथा तिहार को उपलक्ष्यमा छुटको स्किम ल्याएको छ ।

नेपाल भरीको कुनैपनि सुजुकी शोरुमबाट बाइकको खरीद मा रु ८,०००/– र स्कुटरको खरीदमा रु १०,०००/– छुट हुने छ । त्यसैगरी बम्पर उपहारमा १० जना बाइक तथा स्कूटर खरीद गर्ने भाग्यशाली ग्राहकले लक्की ड्र मार्फ़त बिजयी भइ जपान जान पाउने छन् । यो स्कीम यही भाद्र २० गते देखि कार्तिक ३० गते सम्म लागू हुनेछ ।

यो स्कीमबाट सुजुकी बाइक तथा स्कूटरको धेरै बिक्री हुने र स्कीम अवधीभर फाइनान्स क्यास र एक्सचेन्ज मार्फ़त कम्पनीले बिक्री बितरण गर्ने जानकारी दिएको छ । यो स्कीमले ग्राहकलाइ धेरै फाइदा पुग्ने र जपानीज कम्पनीको बाइक भएकोले धेरै बलियों हुनुका साथै ग्राहकलाई सुबिधाको लागी ५ बर्ष वारन्टी दिएको नेपालको विक्रेता कम्पनी भीजी अटोमोवाइल्स प्रा.लि.का मार्केटिङ्ग म्यानेजर नवराज कोइरालाले जानकारी दिए ।

नेपाल अधिराज्यभरका कुनै पनि सुजुकी शोरुम बाट बाइक तथा स्कूटर सजीलोसंग खरीद गर्न सक्ने व्यवस्था कम्पनीले मिलाएको छ । साथै स्कीम अवधिभर सुजुकी बाइक र स्कूटर गरेर ४२०० भन्दा बढी बेच्ने लक्ष्य रहेको मार्केटिङ्ग म्यानेजर कोइरालाले जानकारी दिए ।
यो बाइक नेपालको लागी बिशाल ग्रुप अन्तर्गत भी जी अटोमोबाइलस प्रा. लि. बाट बिक्री बितरण हुदै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij