२०८३ साउन ११ सोमबार

सानिमा जनरल इन्स्योरेन्सको शाखा नारायणगढमा

ई आर्थिक    सोमबार, असोज ८ २०७५
6.5K
Shares
सानिमा जनरल इन्स्योरेन्सको शाखा नारायणगढमा

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सले नारायणगढमा आफ्नो शाखा विस्तार गरेको छ । कम्पनीका संचालक खेमराज लामिछाने, निमित्त कार्यकारी प्रमुख सुबोधलाल श्रेष्ठ तथा बीमा समितिका निमित्त कार्यकारी निर्देशक राजुरमण पौडेलको उपस्थितिमा बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले उक्त शाखाको उद्घाटन भएको थियो ।

यस कम्पनीले आ.व. २०७५/०७६ सम्ममा नेपाल अधिराज्यभर २० वटा शाखा कार्यालयहरु खोल्ने लक्ष्य लिएको छ ।

कम्पनीले सबै प्रकारका निर्जिवन बीमाहरु जस्तैः मोटर, घर, कलकारखाना, जलविद्युत, कृषि तथा पशुबीमा र लघुबीमा मार्फत देशभर बीमाको पहुँच नपुगेका क्षेत्रहरुमा समेत बीमाको सर्वसुलभ पहँुच पु¥याउने उदेश्यका साथ यस शाखा कार्यालयको स्थापना गरेको छ ।
यो कम्पनी देशका सफल उद्योगी व्यवसायिहरु, बैंकर्स तथा गैरआवासिय नेपालीहरुद्वारा प्रवबद्र्धन गरिएको हो ।

कम्पनीको अधिकृत पूँजी रु. १ अर्ब ५० करोड, जारी पूँजी १ अर्ब र चुक्ता पूँजी रु. ७० करोड रहेको छ । आगामी आर्थिक बर्ष भित्र रु.३० करोड बराबरको शेयर सर्वसाधारणका लागि जारी गरी चुक्ता रु. १ अर्ब पु¥याउने लक्ष्य राखेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij