२०८३ साउन ११ सोमबार

बैंकिङ फाइनान्स इन्स्योरेन्स इन्स्टिच्युट स्थापना

ई आर्थिक    बुधबार, असोज ३ २०७५
1.8K
Shares
बैंकिङ फाइनान्स इन्स्योरेन्स इन्स्टिच्युट स्थापना

काठमाडौँ : बैंक तथा वित्तीय संस्थाका साथै बीमा क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले देशमा पहिलोपटक बैंकिङ फाइनान्स इन्स्योरेन्स इन्स्टिच्युट (बिएफआइएन) स्थापना भएको छ ।

राष्ट्रका नाम चालेका ‘क’ वर्गका वाणिज्य बैंक र वित्तीय संस्थासँगको साझेदारीमा स्थापना भएको बिएफआइएन बीमा, बैंक तथा वित्तीय क्षेत्रमा वैज्ञानिक अनुसन्धान, पूँजी बजार, नियामक निकायसँग मिलेर वित्तीय क्षेत्रसँग सम्बन्धित तथ्याङ्क भण्डारको काम गर्ने राजधानीमा कार्यक्रम आयोजना गरेर बताएको छ ।

अर्थ सचिव (राजश्व) शिशिरकुमार ढुङ्गानाले उक्त प्रतिष्ठानको उद्घाटन गर्दै बीमा, बैंक र वित्तीय क्षेत्रलाई अग्रगति प्रदान गर्न बिएफआइएन सफल हुने विश्वास व्यक्त गर्नुभयो ।

बिएफआइएनका अध्यक्ष विनोद आत्रेयले नेपालका १६ वटा बैंक, वित्तीय संस्थासँग मिलेर स्थापना भएको प्रतिष्ठानले यस क्षेत्रका निम्ति आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादनका साथै क्षेत्रगत अध्ययन–अनुसन्धानमा पनि टेवा पु¥याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij