काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले मेरुदण्ड पक्षघात भइ अपांगता हुन पुगेका व्यक्तिहरुको सहयोगका लागि ह्वील चियर वितरण गरेको छ ।
काभ्रेको साँगास्थित स्पाइनल इन्जुरी पुनस्र्थापना केन्द्रले आयोजना गरेको विशेष कार्याक्रममा बैंकका नायव–महाप्रबन्धक रबिन सिँजापतिले स्पाइनल इन्जुरी संघ नेपाललाई १३ वटा ह्वील चियर हस्तान्तरण गरेका हुन् । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त चेयर वितरण गरेको हो । बैंक संस्थागत सामाजिक उत्तरदायित्वमा अग्रणी बैंकमा पर्दछ ।
बैंकले देशभर रहेका ७७ वटा शाखा तथा १ सय २ वटा एटीएमबाट ८ लाख ७० हजार भन्दा बढीलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।