२०८३ साउन ९ शनिबार

पञ्चकन्या माई हाइड्रोपावरको सेयर बाँडफाँड

ई आर्थिक    मंगलबार, भाद्र २६ २०७५
4.2K
Shares
पञ्चकन्या माई हाइड्रोपावरको सेयर बाँडफाँड

मंगलबार, भदौ २६, २०७५ । पञ्चकन्या माई हाइड्रोपावरकोे सेयर बाँडफाड भएको छ । सनराइज क्यापिटलको निष्कासन तथा बिक्री प्रबन्धकत्वमा उक्त सेयर निष्काशित भएको थियो ।

प्रतिसेयर १०० रुपैयाँ अंकित दरको ११ लाख कित्ता (४४ हजार कित्ता कर्मचारीहरूको र ५५ हजार कित्ता सामूहिक लगानी कोषको समेत) सेयरहरू साउन १ गतेदेखि साउन ४ गते सम्म सर्वसाधारणहरूका लािग निष्कासन तथा बिक्री खुल्ला गरिएकोमा कर्मचारीहरू तथा सामूहिक लगानी कोषबाट सम्पूर्ण कित्ता सेयरका लागि आवेदन प्राप्त भएको जनाएको छ ।

रितपूर्वक आवेदन दिने १ लाख ४६ हजार ३ सय ८९ जना आवेदकहरूबाट १ करोड ८४ हजार ७ सय ३० कित्ता सेयरको लागि आवेदन प्राप्त भएकोमा सेयर निष्कासन तथा बिक्री बन्द भएको ७ औ दिन, शुक्रबार रितपूर्वक आवेदन दिने आवेदकहरूलाई सेयर बाँडफाड भएको छ ।

न्यूनतम १० कित्ता सेयर बाँडफाँड हुने गरी कुल १,००,१०० सफल आवेदकहरू छनोट गर्ने गरी १०,०१,००० कित्ता सेयर सन्राइज क्यापिटल कमलपोखरी, काठमाडौंमा निष्कासन कम्पनी, निष्कासन तथा बिक्री प्रबन्धक र नियमन निकायहरूको प्रतिनिधिको उपस्थितिमा सेयर बाँडफाँड भएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij