२०८३ साउन ९ शनिबार

सवा चार लाख घरमा गोबरग्यास : ‘अब सिलिन्डर युगको अन्त्य निश्चित’, सवा चार लाख घरमा गोबरग्यास

ई आर्थिक    बुधबार, भाद्र ६ २०७५
7.3K
Shares
सवा चार लाख घरमा गोबरग्यास : ‘अब सिलिन्डर युगको अन्त्य निश्चित’, सवा चार लाख घरमा गोबरग्यास
३२ घरमा बायोग्यासकाे पाइप जोडेर प्रधानमन्त्री भन्दै छन्, ‘अब सिलिन्डर युगको अन्त्य निश्चित’

गणेश लम्साल/जनार्दन बराल, विराटनगर/काठमाडौं । प्रधानमन्त्री केपी ओलीले विराटनगरमा बायोग्यास (गोबरग्यास) परियोजना उद्घाटन गरेका छन् । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले १४ महिनाअघि सुरु गरेको परियोजनाबाट ३२ घरमा ग्यास पुग्छ ।

विश्व बैंकको सहयोगमा वैकल्पिक ऊर्जा केन्द्र र विराटनगर महानगरपालिकाको सहयोगमा करिब १ करोड लगानीमा श्रीकृष्ण गौशालामा प्लान्ट स्थापना गरिएको हो । गौशालामा पालिएका गाईहरूको दैनिक संकलन गरिएको गोबर ३ सय घनमिटरको प्लान्टमा हालेर मिथेन ग्यास उत्पादन गरी ट्यांकीमा स्टोर गरेर पाइपलाइनबाट घरघरमा पु-याइएको छ ।

मञ्चमा टेबुलमाथि राखिएको चुलोमा खिटिक्क स्विच अन गरेर परियोजना उद्घाटन गरेपछि प्रधानमन्त्रीले भने, ‘मैले भनेको थिएँ, काँधमा सिलिन्डरका डल्ला बोकेर हिँड्ने युग अन्त्य हुनेछ । ३२ घरले आजैदेखि डल्ला फ्याँके, अब अरूले पनि फ्याँक्छन् ।’

तर, प्रधानमन्त्रीले दाबी गरेजस्तै गोबरग्यास प्रविधि नेपालमा नौलो होइन । मुलुकभर अहिलेसम्म चार लाख २० हजार परिवारले गोबरग्यास प्लान्ट जोडिसकेका छन् । अझ मुलुकमा बायोग्यासको सुरुवात भएको ६३ वर्ष र परियोजनाकै रूपमा गोबरग्यास प्रवद्र्धनको ३ दशकभन्दा बढी भइसकेको छ । ‘मुलुकभर हिमालदेखि तराईसम्मका घरपरिवारमा गोबरग्यास प्लान्ट जोडिएको छ, त्यसबाट ठूलो जनसंख्याले स्वच्छ ऊर्जा प्राप्त गरेको छ,’ वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका वरिष्ठ अधिकृत प्रकाश अर्यालले बताए ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले जलवायु लगानी कोष/विश्व बैंकको सहयोगमा सन् २०१४ देखि नवीकरणीय ऊर्जा विस्तार कार्यक्रम सञ्चालन गरिरहेको छ । यस कार्यक्रमअन्तर्गत विश्व बैंकको २० प्रतिशत, नेपाल सरकारको २० प्रतिशत र निजी क्षेत्रको ६० प्रतिशत लगानीमा ठूला परियोजनाहरू सञ्चालन हुने गर्छन् । त्यस्तै, स्थानीय तहसँगको सहकार्यमा पनि परियोजनाहरू सञ्चालन भइरहेको एइपिसीका निवर्तमान कार्यकारी निर्देशक रामप्रसाद धितालले बताए ।

सन् २०१९ सम्म डिसेम्बरसम्म कायम रहने यो कार्यक्रमअन्तर्गत व्यावसायिक तथा नगरपालिका क्षेत्रबाट उत्पादित फोहोरबाट ३ सय ५० वटा परियोजना सञ्चालन हुनेछन् । ‘एलपिजी ग्यासको विस्थापन, विद्युत् उत्पादन, मल उत्पादनलगायतका उद्देश्यसहित यो परियोजना सञ्चालन गरिएको एइपिसीका निवर्तमान कार्यकारी निर्देशक धितालले बताए ।

‘नेपालले कार्बन उत्सर्जन घटाएबापत हालसम्म १ अर्ब रुपैयाँ प्राप्त गरेको छ, त्यसमध्ये अधिकांश हिस्सा बायोग्यास प्लान्टको छ,’ उनले भने, ‘यो सफल कार्यक्रमलाई ठूलो स्तरमा सञ्चालन गर्न विस्तार कार्यक्रम सञ्चालन गरिएको हो ।’ यो आफ्नो पालामा भएको नवीनतम र सफल कार्यक्रम भएको उनको बुझाइ छ ।

जोडिसकेका छन् । अझ मुलुकमा बायोग्यासको शुरुवात भएको ६३ वर्ष र परियोजनाकै रुपमा गोबरग्यास प्रवद्र्धनको ३ दशकभन्दा बढी भइसकेको छ । ‘मुलुकभर हिमालदेखि तराईसम्मका घरपरिवारमा गोबरग्यास प्लान्ट जोडिएको छ, त्यसबाट ठूलो जनसंख्याले स्वच्छ ऊर्जा प्राप्त गरेको छ,’ वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका वरिष्ठ अधिकृत प्रकाश अर्यालले बताए ।

वैकल्पिक ऊर्जा प्रबर्द्धन केन्द्रले जलवायु लगानीकोष/विश्व बैंकको सहयोगमा सन् २०१४ देखि नवीकरणीय ऊर्जा विस्तार कार्यक्रम सञ्चालन गरिरहेको छ । यस कार्यक्रमअन्तर्गत विश्व बैंकको २० प्रतिशत, नेपाल सरकारको २० प्रतिशत र निजी क्षेत्रको ६० प्रतिशत लगानीमा ठूला परियोजनाहरू सञ्चालन हुने गर्छन् । त्यस्तै, स्थानीय तहसँगको सहकार्यमा पनि परियोजनाहरू सञ्चालन भइरहेको एइपिसीका निवर्तमान कार्यकारी निर्देशक रामप्रसाद धितालले बताए ।

सन् २०१९ सम्म डिसेम्बरसम्म कायम रहने यो कार्यक्रमअन्तर्गत व्यवसायिक तथा नगरपालिका क्षेत्रबाट उत्पादित फोहरबाट ३ सय ५० वटा परियोजना सञ्चालन हुनेछन् । ‘एलपिजी ग्यासको विस्थापन, विद्युत उत्पादन, मल उत्पादनलगायतका उद्देश्यसहित यो परियोजना सञ्चालन गरिएको एइपिसीका निवर्तमान कार्यकारी निर्देशक धितालले बताए । ‘नेपालले कार्बन उत्सर्जन घटाएबापत हालसम्म १ अर्ब रुपैयाँ प्राप्त गरेको छ, त्यसमध्ये अधिकांश हिस्सा बायोग्यास प्लाण्टको छ,’ उनले भने, ‘यो सफल कार्यक्रमलाई ठूलो स्तरमा सञ्चालन गर्न विस्तार कार्यक्रम सञ्चालन गरिएको हो ।’ यो आफ्नो पालामा भएको नवीनतम् र सफल कार्यक्रम भएको उनको बुझाइ छ ।

नेपालमा गोबरग्यासको सुरुवात भएको ६३ वर्ष, परियोजनाकै रूपमा विकास हुन थालेको ३३ वर्ष

नवलपरासीमा दैनिक १५० सिलिन्डर ग्यास उत्पादन
नवलपरासीको रामग्राम नगरपालिकामा एलपिजी सिलिन्डरमा भर्ने बायोग्यास प्लान्ट सञ्चालनमा छ । इन्भिपावर इनर्जी एन्ड फर्टिलाइजर प्रालिले रामग्राम नगरपालिका–१५ सुक्रोलीमा यस्तो प्लान्ट स्थापना गरेको हो । गत जेठमा ऊर्जामन्त्री वर्षमान पुनले प्लान्टको उद्घाटन गरेका थिए ।

गोबर, कुखुराको सुली, भान्साबाट निस्कने फोहोर, हरियो पातलगायतका कच्चा पदार्थबाट ग्यास उत्पादन हुन थालेको हो । उद्योगको उत्पादन क्षमता दैनिक १ सय ५० सिलिन्डर रहेको छ । एक सिलिन्डरमा १० किलोग्राम ग्यास अट्छ । २२ करोडको लगानीमा नवलपरासीमा स्थापना गरेको उद्योगको दैनिक २ टन ग्यास उत्पादन क्षमता रहेको सञ्चालक सन्दीपकुमार अग्रवालले बताए । बायोग्यासको साथै उक्त परियोजनाबाट दैनिक १२ टन प्रांगारिक मल उत्पादन भइरहेको छ ।

सरकार र विश्व बैंकको ४ करोड ९१ लाख नगद अनुदानसहित इन्भिपावर इनर्जी एन्ड फर्टिलाइजर प्रालिले २२ करोड लगानीमा प्लान्ट स्थापना गरेको हो । प्लान्टमा ३ हजार ७ सय ५० घनमिटर फोहोर प्रशोधन गरी ग्यास उत्पादन गरिन्छ । प्लान्टले अहिले होटेल, कम्पनीलगायतलाई प्रतिसिलिन्डर ९ सय रुपैयाँमा ग्यास बेचिरहेको छ । यो ग्यास पाइपमार्फत पनि वितरण गर्ने योजना छ ।

पोखरामा सबैभन्दा ठूलो प्लान्ट निर्माणको अन्तिम चरणमा
पोखरा महानगरपालिकास्थित कोत्रेमा चार हजार घनमिटर क्षमताको बायोग्यास परियोजना निर्माणको अन्तिम चरणमा छ । नेपालकै सबैभन्दा ठूलो यो बायोग्यास परियोजना चार महिनामा सञ्चालनमा आउने वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका वरिष्ठ अधिकृत प्रकाश अर्यालले जानकारी दिए । एक सिलिन्डरमा १० किलोका दरले दैनिक १८० सिलिन्डर ग्यास उत्पादन हुनेछ ।

‘पोखराको लेकसाइडका होटेलहरूलाई व्यावसायिक प्रयोजनका लागि सिलिन्डरमा र कोत्रेका स्थानीयलाई पाइपलाइनमार्फत घरायसी प्रयोजनका लागि ग्यास वितरण गर्ने योजना कम्पनीले उल्लेख गरेको छ,’ अर्यालले भने । गण्डकी ऊर्जा प्रालिले प्रवद्र्धन गरेको यो परियोजनामा १८ करोड लगानी छ ।

स्याङ्जामा ३५० किलोवाट विद्युत्बाट प्रांगारिक मल उत्पादन
स्याङ्जाको पुतलीबजारमा खिलुङकालिका एग्रो फार्मले ३ हजार ५ सय घनमिटर क्षमताको बायोग्यास परियोजना स्थापना गरेको छ । सो परियोजनाबाट दैनिक ३ सय ५० किलोवाट विद्युत् उत्पादन भइरहेको छ । २ लाख कुखुरा पालिरहेको खिलुङलाई कुखुराको सुली व्यवस्थापन गर्न सजिलो हुने र मल कारखाना पनि चलाउन मिल्ने भएपछि बायोग्यास परियोजना सञ्चालन गरिएको प्रवद्र्धन केन्द्रका वरिष्ठ अधिकृत अर्यालले जानकारी दिए । दैनिक उत्पादन हुने ३५० किलोवाट विद्युत्बाट फार्मले दैनिक १२ मेट्रिक प्रांगारिक मल उत्पादन गरिरहेको छ । सोही विद्युत्ले मल कारखाना सञ्चालन हुन्छ । फार्मले कुल १८ करोड लगानी गरेको भए पनि प्रविधिमा १२ करोड लगानी भएको प्रवद्र्धन केन्द्रले जनाएको छ ।

नेपालमा बायोग्यास प्लान्ट सन् १९५५ बाट सुरु भएको हो 
प्रा.डा. जीवराज पोखरेल, उपकुलपति, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान

नेपालमा बायोग्यास प्लान्ट सन् १९५५ बाट सुरु भएको हो । गोदावरीस्थित सेन्ट जेभियर स्कुलका शिक्षक बिआर साउबोल्लेले स्कुलको प्रयोजनका लागि सुरु गरेका हुन् ।

सन् १९७६ मा त्रिविको ऊर्जा अनुसन्धान तथा विकास समूहअन्तर्गत एउटा बायोग्यास डेभलप्मेन्ट कमिटी गठन भएको थियो । सोही आर्थिक वर्ष सन् १९७५/७६ लाई कृषि वर्षका रूपमा सरकारले मनाएको थियो । बायोग्यासलाई विशेष प्राथमिकतामा राखिएको थियो । २५० घरपरिवारलाई बायोग्यास उपलव्ध गराउने लक्ष्य राखिएको थियो ।

सन् १९७४/७५ मा कृषि विकास बैंक नेपालले बायोग्यास विस्तारका लागि लगानी गरेको थियो । १९७७ मा गोबरग्यास एन्ड एग्रिकल्चर डेभलप्मेन्ट कम्पनी गठन भएको थियो ।

बायोग्यास सपोर्ट प्रोग्रामको पहिलो फेज भने सन् १९९२ को जुलाईबाट सुरु भएको थियो । त्यो वेला ७ हजार प्लान्ट बनाउने लक्ष्य थियो । यो परियोजनामा नेदरल्यान्डले सहयोग गरेको थियो । सन् १९९४ सम्म ६ हजार ८२४ वटा प्लान्ट बनेका थिए । त्यसैगरी, दोस्रो फेजमा सन् १९९७ सम्म १३ हजार प्लान्ट बनाउने लक्ष्य थियो । तेस्रो फेजमा १ लाख तथा चौथो फेजमा १ लाख ३५ हजार प्लान्ट पु-याउने लक्ष्य थियो ।

नयाँ पत्रिकाबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij