२०८३ साउन ९ शनिबार

घुस लिएको अभियोगमा फेरि अर्का इन्जिनियर पक्राउ

ई आर्थिक    सोमबार, साउन १४ २०७५
3.1K
Shares
घुस लिएको अभियोगमा फेरि अर्का इन्जिनियर पक्राउ

काठमाडौँ : भवन तथा शहरी बिकास कार्यालय रुपन्देहीका प्रमुख इन्जिनियर सुरेश ठाकुरलाई रु ३६ लाख घुससहित पक्राउ गरेको एक दिन नवित्दै अर्का इन्जिनियर अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियन्त्रणमा परेको छन् । घुस लिएको अभियोगमा आयोगले तम्घास–सिमलटारी–प्यूठान सडक आयोजना, गुल्मीमा कार्यरत सव–इञ्जिनियर प्रकाश झालाई रु एक लाख घुस लिएको अभियोगमा पक्राउ गरेको छ ।

सडक आयोजनाको ठेक्काको बिल मूल्यांकन गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग पटकपटक घुस रकम माग गरिरहेको भन्ने उजुरीका आधारमा आयोगको टोलीले इञ्जिनियर झालाई पक्राउ गरेको हो ।

आयोगले सव–इञ्जिनियर झालाई शनिबार पक्राउ गरेको भए पनि आज सार्वजनिक गरेको हो । आरोपीलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

यस्तै शहरी विकास तथा भवन निर्माण विभाग, डिभिजन कार्यालय भैरहवाका प्रमुख सुरेश ठाकुरलाई रु ३६ लाख ७२ हजार ५०० रकमको भौचरसहित आयोगले शनिबार नै पक्राउ गरेको जनाएको छ ।

विभिन्न निर्माण कार्यको समयमा मूल्यांकन नगरी विभिन्न बहानामा सेवाग्राहीसँग घुस मागेको भन्ने सूचनाका आधारमा आयोगले विभिन्न बैंक तथा वित्तीय संस्थामा रकम जम्मा गरेको भौचरसहित पक्राउ गरिएको आयोगले जनाएको छ ।

यस्तै आयोगले मालपोत कार्यालय, कलंकीका नायबसुब्बा शेरबहादुर थापाविरुद्ध अदालतमा चलिरहेको भ्रष्टाचार मुद्दाको सरकारी साक्षीका रुपमा रहेका कपिलदेव खडकाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

यस्तै नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी सरकारी सेवा गरेको अभियोगमा पकवादी भञ्ज्याङ उच्चमाध्यमिक विद्यालय, स्याङ्जाका तत्कालीन प्रधानाध्यापक तिलकराम उपाध्याय पंगेनीविरुद्ध पनि आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij