२०८३ साउन ९ शनिबार

मंगल ग्रहमा पानीको ‘ताल’ भेटियो

ई आर्थिक    बिहिबार, साउन १० २०७५
4.4K
Shares
मंगल ग्रहमा पानीको ‘ताल’ भेटियो
बिहिबार, १० साउन २०७५, न्युयोर्क– मंगल ग्रहमा तरल पानी रहेको प्रमाण अनुसन्धानकर्ताहरुले पत्ता लगाएका छन्।प्रस्तावित ‘ताल’ मंगल ग्रहको दक्षिणी धुर्वमा रहेको र करिब २० किलोमिटर लामो भएको बताइएको छ ।

यसअघिका अनुसन्धानले मार्टियन तहमा पानी बगिरहेको सम्भावित संकेत पत्ता लगाएका थिए । यद्यपी पछिल्लो प्रमाण नै मंगल ग्रहमा पानीको सतह रहेको भन्ने पहिलो संकेत भएको बिबिसीले उल्लेख गरेको छ । अमेरिकी वैज्ञानिक संस्था नासाले पत्ता लगाएको ताल जस्तै पानीको सतहले उसले यसअघि भन्ने गरेको मंगल ग्रहमा पानी छ भन्ने कौतुहलतालाई केही हदसम्म समाधान गरेको बताइएको छ । यद्यपी मंगल ग्रहको पातलो वायुमण्डलका कारण त्यहाँको मौसम चिसो रहेकाले भेटिएको पानीको अधिकांश तह वरफ अवस्थामा रहेको जनाइएको छ । मार्सिस नामक एउटा उपकरणको माध्यमबाट यो विषय पत्ता लागेको बिबिसीले उल्लेख गरेको छ ।

‘यो सम्भवतः ठूलो ताल हैन,’ अनुसन्धानको नेतृत्व गरिरहेका इटालियन नेसनल इन्सिट्युट फर एस्ट्रोफिजिक्सका प्राध्यापक रोबर्टो ओरासेईले बताएका छन् । पानीको तहको गहिराई कति छ भनेर मार्सिसले यकिन गर्न नसके पनि ताल कम्तीमा एक मिटर गहिराई हुनसक्ने अनुसन्धान टोलीले जनाएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij