२०८३ साउन ९ शनिबार

बीमा तालीम इन्स्टिच्युट सञ्चालनमा

ई आर्थिक    आइतबार, साउन ६ २०७५
4.8K
Shares
बीमा तालीम इन्स्टिच्युट सञ्चालनमा

काठमाडौँ, ६ साउन : दक्ष जनशक्ति उत्पादन गर्नुका साथै बीमा क्षेत्रलाई प्राविधिक रूपले अघि बढाउने उद्देश्यले बीमा तालीम इन्स्टिच्युट सञ्चालनमा ल्याइएको छ ।
बीमा समितिमा अध्यक्ष चिरञ्जीवी चापागाईंले उक्त इन्स्टिच्युट उद्घाटनका क्रममा यसलाई प्रतिष्ठानका रुपमा विकास गर्दै लगिने जानकारी दिनुभयो ।

जीवन र निर्जीवन गरी ३९ कम्पनी र बीमा समितिको संयुक्त रु एक करोडको लागतमा स्थापना गरिएको इन्स्टिच्युटले बीमा क्षेत्रको विकासमा थप योगदान पु¥याउने विश्वास लिइएको छ । सत्तरी वर्षको बीमा इतिहासमा यस इन्स्टिच्युटलाई सबैभन्दा ठूलो उपलब्धिका रुपमा लिइएको छ ।

पछिल्लो समयमा बीमा क्षेत्रमा रु ६० अर्बभन्दा बढी रकम परिचालन भएको र यसले कूल गार्हस्थ्यमा २.५ योगदान पु¥याएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij