२०८३ साउन ९ शनिबार

सगरमाथा इन्स्योरेन्सको बीमा शुल्क संकलनमा ३० प्रतिशतले वृद्धि

ई आर्थिक    शुक्रबार, साउन ४ २०७५
4.9K
Shares
सगरमाथा इन्स्योरेन्सको बीमा शुल्क संकलनमा ३० प्रतिशतले वृद्धि

काठमाडौं । सगरमाथा इन्स्योरेन्सले बीमा शुल्क संकलनमा उल्लेख्य बृद्धि गरेको छ । नेपालको बीमा बजारमा आफ्नो पृथक पहिचान स्थापित गर्न सफल कम्पनीले स्थापनाकाल देखि नै बीमाशुल्क वृद्धि गर्ने निरन्तरतालाई कायम राख्दै गत आर्थिक वर्षको तुलनामा करिव ३० प्रतिशतले बीमाशुल्क संकलनमा वृद्धि गरेको हो । कम्पनीले आ. व. २०७४÷७५ मा १ अरव ८३ करोड ३९ लाख रुपैयाँ बीमा शुल्क संकलन गरी र सोही अवधिमा बिमा दाबीतर्फ पनि १ अरव १८ करोड रुपैयाँ दाबी भुक्तानी गरिएको जानकारी कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले दिनुभयो ।

प्रत्येक साल कम्पनीले सफलताका साथ प्रगति गर्दै जानुको प्रमुख जस कम्पनी प्रति सद्भाव राख्दै व्यापार प्रदान गर्ने ग्राहकवर्ग, शुभेच्छुकहरु, कम्पनीका कर्मचारी वर्ग र कम्पनीका संचालकमा रहेको प्रमुख कार्यकारी अधिकृत क्षेत्रीले बताउनुभयो ।

‘सानो होस् वाठुलो सुरक्षण सबैको’ भन्ने प्रमुख नारा लिएर स्थापित यस कम्पनीले स्थापनाको २३ औ वर्ष प्रवेश गर्दा ५७ वटा कार्यालय मार्फत् आपm्नो सेवा दिदै आएको छ । नयाँ नयाँ बिमालेख र प्रडक्टलाई जनमानसमा ल्याउने उक्त कम्पनीले यसै आर्थिक वर्षमा इनोभेटिभ प्रडक्टका लागि एसियन इमर्जिé इनोभेटिभ प्रडक्टतर्फ पुरस्कृत भएको छ । कम्पनीले ल्याएको भीआईपी कार्यक्रमका लागि उक्त पुरस्कार प्रदान गरिएको कम्पनीले जनाएको छ ।

हालसम्म उक्त कम्पनीले आफ्ना लगानीकर्ताहरुलाई नेपाली बीमा क्षेत्रमै सवै भन्दा बढी लगानीको ८३१.५७ प्रतिशत प्रतिफल दिई सकेको छ भने दाबी भुक्तानीतर्फ पनि आफुलाई अब्बल स्थानमा राख्न सफल भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृतले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij