२०८३ साउन ९ शनिबार

पार्की आइसक्रिमको व्यवसायीक उत्पादन, उपभोक्ताको मन जित्ने दाबी

ई आर्थिक    शनिबार, असार ३० २०७५
4.5K
Shares
पार्की आइसक्रिमको व्यवसायीक उत्पादन, उपभोक्ताको मन जित्ने दाबी

काठमाडौं । सिभान्स फूड प्रडक्ट प्रालिले ‘पार्की’ ब्राण्डको आइसक्रिमको व्यवसायिक उत्पादन थालेको छ । आइसक्रिम उत्पादनमा दुई दशक लामो समयको अनुभव र दुई महिनाको परिक्षण उत्पादन पछि सिभान्स फूड प्रडक्टले उक्त ‘पार्की’ ब्राण्डलाई बजारमा प्रस्तुत गरेको हो ।

सिभान्स फूड विशेषगरी खाद्यसँग सम्बन्धित उद्योग भएकाले उपभोक्ताको स्वास्थ्यलाई विशेष ध्यान दिएर उत्पादन थालिएको कम्पनीका प्रबन्ध निर्देशक मुरारीलाल कुमावतले जानकारी दिनुभयो ।

‘पार्की ब्राण्डको आइसक्रिमले पनि स्वास्थ्यसँगै स्वाद र सन्तुष्टिलाई विशेष ध्यान दिएको छ ।’ प्रबन्ध निर्देशक कुमावतले भन्नुभयो– ‘बजारमा हाल उत्पादन भइरहेका आधाजसो आइसक्रिमहरुले उपभोक्ताको स्वास्थ्य र गुणस्तरलाई त्यत्ति ध्यान दिइएको पाइदैन । त्यसैले पनि पार्की आइसक्रिमलाई अन्य आइसक्रिमसँग हामी तुलना गर्दैनौं ।’

पार्की ब्राण्डको आइसक्रिम तुलनात्मक रूपमा गुणस्तरीय, स्वस्थबद्र्धक र स्वादिष्ट भएको उहाँले दाबी गर्नुभयो । अत्याधुनिक प्रविधि प्रयोग गरी हेल्दी र हाइजेनिक फूडमा हुनुपर्ने गुणस्तर, स्वास्थ्यलाई विशेष ध्यान दिई उत्पादन गरेको उहाँको भनाई छ ।

यो आइसक्रिममा प्रयोग गरिने खाद्य बस्तु तथा सामाग्रीहरु त्यत्तिकै गुणस्तरीय रहेको कम्पनीले जानकारी दिएको छ । उत्पादन देखि भण्डारण समेतमा सजगता अपनाइएको कम्पनीले जानकारी दिएको छ । आइसक्रिम पारखीका लागि ‘पार्की’ एक मात्र विकल्प हुने विश्वास कम्पनीले लिएको छ । स्वाद र सन्तुष्टिको पर्याप्त मिश्रण रहेको यो आइसक्रिम अन्तर्राष्ट्रियस्तरको रहेको छ । २१ औं शताव्दीका सचेत उपभोक्तालाई गुणस्तर, स्वस्थबद्र्धक उत्पादन पहिचान गरी पार्की आइसकक्रिम उपभोग गर्न प्रबन्ध निर्देशक कुमावतले आग्रह गर्नुभयो ।

आइसक्रिम उत्पादन, गुणस्तरमा एकरुपता, बजार व्यवस्थापन र आन्तरिक व्यवस्थापनको समेत अनुभव भएकाले एक बर्षभित्र आईक्रिम बजारको १० प्रतिशत र पाँच बर्षमा २० प्रतिशत बजार हिस्सा लिने कम्पनीले दाबी गरेको छ ।

बढ्दो जनसंख्या, शहरीकरणका साथै आइसक्रिम उद्योगमा भएको संभावनालाई मध्येनजर गरेर उक्त उद्योग सञ्चालनमा ल्याइएको प्रबन्ध निर्देशक कुमावतले जानकारी दिनुभयो ।

करिब दुई करोड लगानीमा उत्पादन सुरु गरिएको उक्त आइसक्रिमको उद्योग भक्तपुरको लोकन्थलीमा रहेको छ । कम्पनीले दालमोड र भुजिया जस्ता खाद्य उत्पादनहरू समेतको व्यवसायिक उत्पादनको लक्ष्य राखेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij