२०८३ साउन ९ शनिबार

गंगामाया अधिकारीद्वारा अनशन स्थगित, कारबाही नगरे फेरि ११औँ दिनमा अनशन

ई आर्थिक    शनिबार, असार ३० २०७५
3K
Shares
गंगामाया अधिकारीद्वारा अनशन स्थगित, कारबाही नगरे फेरि ११औँ दिनमा अनशन

काठमाडौँ, २९ असार : वीर अस्पतालमा आमरण अनशनमा बस्नुभएका गंगामाया अधिकारी अनशन तोड्नुभएको छ ।

राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङको उपस्थितिमा जुस खुवाएर अधिकारीलाई अनशन तोडाउनुभएको हो ।

जुस खाएपछि अधिकारीले आफू १० दिनका लागिमात्र अनशन तोडेको बताउनुभयो । “मेरो छोराको हत्या गर्ने दोषीलाई अहिले समातिएको छ”, उहाँले भन्नुभयो, “अब कारबाही हुन्छ कि हँुदैन, १० दिनसम्म दोषीलाई सरकारले के गर्दछ हेर्छु, यदि कारबाही नगरे फेरि ११औँ दिनमा अनशनमा बस्छु ।”

उहाँले अहिलेको अनशन तोडेको नभई स्थगितमात्र गरेको बताउनुभयो ।

सो अवसरमा मन्त्री तामाङले अनशन तोडाउँदा गंगामायालाई कहिल्यै अनशन बस्न नगरिकन न्याय दिलाउने बताउनुभयो ।

“सरकार अन्यायमा परेकालाई न्याय दिलाउने गर्दछ”, उहाँले गंगामायालाई भन्नुभयो, “तपाईलाई न्याय दिलाउनका लागि नै अदालत प्रक्रिया थालिएका हौँ ।”

गंगामायालाई न्याय दिने सम्बन्धमा सरकार र मानवअधिकार सम्मलित समिति बनाइनेसमेत मन्त्री तामाङले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij