२०८३ साउन ९ शनिबार

ग्लोबल आइएमई बैंकको एकैसाथ ७ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा

ई आर्थिक    आइतबार, असार २४ २०७५
4.1K
Shares
ग्लोबल आइएमई बैंकको एकैसाथ ७ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा

काठमाडौं । ग्लोबल आइएमई बैंकले २०७५ आषाढको तेस्रो साता थप ७ वटा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । थप गरिएका ७ शाखारहित बैंकिङ्ग सेवा संगै बैंकको शाखारहित बैंकिङ्ग संख्या ९९ पुगेको छ ।
बैंकले बाग्लुङ्ग जिल्लाको ढोरपाटन नगरपालिका– ८ बोबाङ्गमा ९३ औँ, गुल्मी जिल्लाको मुसीकोट नगरपालिका– ९ पाडथोकमा ९४औँ र गुल्मी जिल्लाकै मुसीकोट नगरपालिका– ३, ठुलापोखरामा ९५औँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो ।

त्यसैगरी अर्घाखाँची जिल्लाको माला रानी गाउँपालिका– २, डाँडाकटेरीमा ९६औँ, गुल्मी जिल्लाको धुरकोट गाउँपालिका– ५, वास्तुमा ९७औँ शाखारहित सेवा सुरु गरेको हो । त्यस्तै नवलपरासी जिल्लाको रामग्राम नगरपालिका – १७, पट्खौलीमा ९८औँ र गोरखा जिल्लाको गण्डकी गाउँपालिका– १, मकैसिङ्गमा ९९औँ शाखारहित बैकिङ्ग सेवा सुरु गरेको बैंकले जानकारी दिएको छ ।

बाग्लुङ्गको बोबाङ्गमा श्याम घर्ति मगर, गुल्मीको पाडथोकमा द्रोणप्रसाद सापकोटा र ठुलापोखरामा बसन्त अधिकारी, अर्घाखाँचीको डाँडाकटेरीमा कृष्णकुँवर क्षेत्री, गुल्मीकै बास्तुमा लुमकान्त पाण्डे, नवलपरासीको पट्खौलीमा सिमा कुमारी चौधरी र गोरखाको मकैसिङ्गमा राजन श्रेष्ठलाई शाखारहित बैंकिङ्ग सेवाको लागि व्यवसायीक प्रतिनिधि नियुक्त गरिएको बैंकले जनाएको छ ।

शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानिय बासिन्दाले आफ्नो गाउँमै स्थानिय प्रतिनिधि मार्पmत बैंकिङ्ग सेवा लिन सक्नेछन । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, डिसहोम, सीडिएमए, युटीएलको महसुल भुक्तानी गर्ने, मोबाइल रिर्चाज गर्ने लगायतका सेवा लिन सक्नेछन् ।

कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यी क्षेत्रका बासिन्दा बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई मध्यनजर गरी बैंकले ति स्थानहरुमा शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको हो ।

बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले १२९ शाखा, १३२ एटिएम, ५ एक्सटेन्सन काउण्टर, १४ वटा राजश्व संकलन काउण्टर र ९९ शाखा रहित बैंकिङ्ग सेवा, विदेशमा ३ प्रतिनिधि÷सम्र्पक कार्यालय माफर्त आफ्ना ९ लाख भन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि÷सम्र्पक कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ । त्यसैगरी बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन, अष्टे«लिया, बेलायत र भारत लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij