२०८३ साउन ९ शनिबार

सिँचाइ र ऊर्जाको विकास भए मात्रै देश विकासमा लम्कन्छः मन्त्री पुन

ई आर्थिक    शनिबार, असार २३ २०७५
5.5K
Shares
सिँचाइ र ऊर्जाको विकास भए मात्रै देश विकासमा लम्कन्छः मन्त्री पुन

भक्तपुर, २३ असार : ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले देशमा सिँचाइ र ऊर्जाको विकास भए सहज रुपमा विकास हुने बताउनुभएको छ ।

चाँगुनारायण नगरपालिकाको तेस्रो नगरसभाबाट पारित आब २०७५÷७६ को नीति, बजेट तथा कार्यक्रमको सार्वजनिकीकरण कार्यक्रममा उहाँले सिँचाइ र ऊर्जा विकासका लगानी बढाएको बताउनुभएको हो ।

उहाँले भन्नुभयो, “मन्त्रालयले विद्युत् प्रशारण लाइनको विकास र विस्तारका लागि २० वर्षको गुरुयोजना बनाएर पेश गरेको छ, अब देशमा सिँचाइ र ऊर्जाको विकासमा देश अगाडि बढ्छ ।”

सरकारले आगामी १० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने र जनताको घरघरमा विद्युतीय चुलो र सवारी साधन पु¥याउने लक्ष्य लिएको उहाँको भनाइ थियो ।

मन्त्री पुनले भन्नुभयो, “सरकारले यसवर्ष मात्रै भारतबाट सवा खर्ब रुपैयाँभन्दा बढीका पेट्रोलियम पदार्थ आयात गरेको छ, रु २८ अर्बको मात्रै ग्याँस आयात गरेको छ, रु १८ अर्बको विद्युत् आयात गरेको छ, व्यापार घाटा मात्रै रु नौ खर्ब भएको छ, विदेशिएका नेपालीको सात अर्बभन्दा बढीको विप्रेषणले धानिरहेको छ व्यापार घाटा ।”

देशको अर्थतन्त्र भयावह रहेको भन्दै उहाँले सरकारले त्यसको अन्त्य गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “विगतका सरकारले अर्थतन्त्र नै भयावह हुने गरी बनाएको खाल्डो वर्तमान सरकारले पुर्छ ।”

देश संघीय संरचनाअनुसारको नयाँ व्यवस्था कार्यान्वयनको चरणमा रहेकाले यसलाई सफल बनाउने अभ्यास भइरहेको उहाँको भनाइ थियो । पाँच वर्षपछि फेरि जनतामाझ जानुपर्ने भएकाले पारदर्शी भएर काम गर्नुपर्नेमा जोड दिँदै उहाँले भ्रष्टाचार, अराजकतालाई अन्त्य गर्नु जरुरी रहेको औँल्याउनुभयो ।

चाँगुनारायण नगरपालिकाको कार्यालय स्थापनाका लागि खरिपाटीमा रहेको विद्युत् प्राधिकरणको तालीम भवन वा जग्गा नगरपालिकालाई उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
त्यसअवसरमा मन्त्री पुनले नगरपालिकाको पुस्तिका एवं मोबाइल एप्सको समेत सार्वजनिक गर्नुभयो ।

प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री महेश बस्नेतले जिल्लाको विकासका लागि अन्तरनगर सम्बन्ध बनाएर तीनवटै तहको सरकारबाट बढीभन्दा बढी बजेट ल्याउने कार्य गर्नुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले आव २०७५÷७६ को लागि कूल रु ९६ करोड २८ लाख ७९ हजारको बजेट सार्वजनिक गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij