२०८३ साउन ११ सोमबार

एनआईसी एसिया बैंकको शाखा झापाको बनियानीमा

ई आर्थिक    बुधबार, असार १३ २०७५
2.2K
Shares
एनआईसी एसिया बैंकको शाखा झापाको बनियानीमा

काठमाडौं । एनआईसी एसिया बैंकले कचनकवल गाउँपालिका–६, बनियानी, झापामा स्थापना गरेको छ । उक्त कचनकवल शाखाको एक समारोहकाबीच प्रदेश नं १ का सांसद बसन्तकुमार बानियाँ र कचनकवल गाउँपालिकाका अध्यक्ष अन्जरा आलमबाट उद्घाटन भएको छ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २२४ शाखा कार्यालय, २१७ एटीएम, १४ वटा एक्स्टेन्सन काउन्टर एवं ११ वटा शाखारहित बैंकिङ एकाइमार्फत बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको बैंकले जानकारी दिएको छ ।

बैंकले आफ्नो वासलातको आकार १७४ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ भने कुल निक्षेप करिब १४९ अर्ब पुगी निजीक्षेत्रबाट स्थापित बैंकहरूमध्ये नेपालको सबैभन्दा ठूलो बैंक तथा कुल कर्जा करिब ११९ अर्ब रुपैयाँसहित निजीक्षेत्रका बैंकहरूमध्ये दोस्रो ठूलो बैंकको रूपमा बैंकले आफ्नो पहिचान बनाउन सफल भइसकेको दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij