काठमाडौं । शिखर इन्सुरेन्सले फोटो पत्रकारको बीमा गर्ने भएको छ । इन्स्योरेले फोटोपत्रकार क्लबले संयुक्तरूपमा ग्लोबल आइएमइ नेपाल फोटो प्रतियोगिता २०७५ को ‘‘नेपाल स्माईल बिधा’ प्रयोजनका साथै फोटोपत्रकारको स्वास्थ्य, दुर्घटना र क्यामराको बीमा गर्ने सम्बन्धमा सम्झौता गरेको छ ।
शिखर इन्सुरेन्सको कार्पोरेट कार्यालय थापाथलीमा आयोजित एक कार्यक्रममा शिखर इन्सुरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डे र फोटोपत्रकार क्लबका अध्यक्ष बिकास कार्कीले सम्झौतामा पत्रमा हस्ताक्षर गरेका थिए ।
सो संझौता अनुसार शिखरले फोटोपत्रकारहरुको क्यामेरामा २ लाख, स्वास्थ्यमा २ लाख र दुर्घटनामा ४ लाख गरी जम्मा ८ लाखको बीमा गर्ने छ । प्रमुख कार्यकारी अधिकृत पाण्डेले यो बीमा सम्झौताले नेपाली फोटोपत्रकारिताका क्षेत्रमा थप टेवा पुग्ने बताए ।
यस बीमामा फोटोपत्रकारहरुको क्यामरा चोरी तथा सफ्टवयेर बिग्रेको अवस्था बाहेक अन्य दुर्घटना, हुलदंङ्गा, प्रकृतिक प्रकोपलगायतका अवस्थामा क्लबको सिफारिसमा बीमा दाबी गर्न सकिने संझौतामा उल्लेख छ ।