काठमाडौं । निजीक्षेत्रका बैंकहरु मध्ये २०७४ साल चैत्र मसान्तसम्मको बित्तिय बिवरण बमोजिम सबैभन्दा बढि निक्षेप संकलन गर्न सफल तथा कर्जा प्रवाहको हिसावले निजीक्षेत्रको बैंकहरुमध्ये दोश्रो ठुलो बैंकको रुपमा स्थापित भैसकेको एन आई सी एसिया बैंकले ग्राहक महानुभावहरुको हितलाई ध्यानमा राखि सर्वाधिक उच्च व्याजदर सहितको मुद्दती निक्षेप योजना पुनः सञ्चालनमा ल्याएको छ । धनवर्षा मुद्दती निक्षेप योजना नाम रहेको उक्त मुद्दति निक्षेप योजनामा मासिक रुपमा व्याज भुक्तानीको सुविधा सहित वार्षिक १२ प्रतिशत व्याज प्रदान गरिने छ ।
यस अघिपनि बैंकले सञ्चालनमा ल्याएको सर्वाधिक उच्च व्याजदर सहितको धनबर्षा मुद्दती निक्षेप योजना ग्राहक महानुभावहरु माझ अत्यन्त लोकप्रिय भएको थियो । धनवर्षा मुद्दती निक्षेप योजना प्रति ग्राहकहरुकोे आकर्षण र लोकप्रियताबाट उत्साहित हुँदै पुनः यस योजना सञ्चालनमा ल्याएका बैंकले जानकारी दिएको छ । यसपटक समेत धनबर्षा मुद्दती योजनाबाट बढि भन्दा बढि व्यक्तिगत एवम् संस्थागत ग्राहक महानुभावहरुले लाभ उठाउनु हुने बिश्वास लिएका बैंकले लिएको छ ।
यस योजना अन्तर्गत देशभर रहेका एनआई सी एसिया बैंकको कुनै पनि शाखाबाट जुनसुकै रकमको पनि मुद्दती निक्षेप खाता खोल्न सकिने छ । साथै एक बर्षको अवधिको लागी खोल्न सकिने यस मुद्दति योजनामा जम्मा गरिएको रकमको ८० प्रतिशत सम्मकर्जा सुबिधासमेत उपलब्ध गराउन सकिने छ ।‘धनवर्षा मुद्दती खाता’ योजनाबाट बढी भन्दा बढी व्यक्तिगत एवम् संस्थागत ग्राहक महानुभावहरुले उच्चतम् लाभ उठाउनु हुनेछ भन्ने विश्वास बैंकले लिएका छौ ।
समस्त ग्राहकवर्ग लगायत सबै सरोकारवालाहरुले बैंक प्रतिदर्शाउनुभएको प्रगाढ बिश्वास, अगाध स्नेह र भरोसाको फलस्वरुप हालसम्ममा २१८ शाखा सहित निजीक्षेत्रको सबैभन्दा ठूलो शाखा सञ्जाल भएको तथा २१० एटिएम सहित मुलुककै सबै भन्दा ठूलो एटिएम सञ्जालभएको बैंक बन्न सफल भैसकेको छ । समग्रमा १४ वटा बिस्तारित काउण्टर, ९ वटा शाखारहित बैंकिङ्ग युनिट र कुल ५,५०० भन्दा बढि रेमिट्यान्स पेमेण्ट एजेण्ट (प्रत्यक्ष एबं अप्रत्यक्ष समेत गरि) सहित ५,९५१ भन्दा बढि भौतिक सञ्जालमार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबै भन्दा ठूलो बैंक हुन एनआई सि एशिया बैंक सफल भैसकेको बैंकले दाबी गरेको छ ।
बैंकको बित्तिय स्थितिको झलककुल निक्षेपः रु १३३.७२ अर्वकुल कर्जा रु १०८.९६ अर्वखराव कर्जा अनुपातः ०.२२ प्रतिशतपुँजी पर्याप्तता अनुपातः १३.०३ प्रतिशतप्राथमिक पूँजी एबं निक्षेप र कर्जाको अनुपातः ७८.१६ प्रतिशततरलता अनुपात २०.४२ प्रतिशत