२०८३ साउन ९ शनिबार

सरकारको धरपकडप्रति निर्माण व्यवसायी महासंघको कडा आपत्ति, ठूलै अपराधीको रुपमा नहेरी विधि र प्रक्रियासम्मत कारवाही गर्न माग

ई आर्थिक    बुधबार, जेष्ठ २३ २०७५
3K
Shares
सरकारको धरपकडप्रति निर्माण व्यवसायी महासंघको कडा आपत्ति, ठूलै अपराधीको रुपमा नहेरी विधि र प्रक्रियासम्मत कारवाही गर्न माग

काठमाडौँ, २२ जेठ : नेपाल निर्माण व्यवसायी महासंघले मुलुकको निर्माणमा अहोरात्र खटिएका निर्माण व्यवसायीलाई निरुत्साहित गर्ने गरी भइरहेका घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

महासंघका प्रवक्ता विष्णु बुढाथोकीले आज एक विज्ञप्ति जारी गरी निर्माण परियोजना तोकिएको समयमा पूरा नहुनु व्यवसायीको मात्र दोष नभएको भन्दै एकोहोरो ढंगले व्यवसायीलाई मात्र आरोप लगाई कारबाही हुन थालेको भन्दै कडा आपत्ति जनाएको हो ।

महासंघले गलत काम गर्ने व्यवसायीलाई विधि र प्रक्रियासम्मत कारबाही गर्न सकिने स्पष्ट आधार हुँदाहुँदै एउटा ठूलै अपराधीजस्तो गरी कार्यस्थलबाटै पक्राउ गरिएका घटनाप्रति आपत्ति जनाएको छ ।

कुनै पनि निर्माण कार्य भइरहँदा ठेक्का सम्झौताअनुसार उक्त कार्यको अनुगमन तथा निरीक्षण गर्ने संयन्त्रले प्रभावकारी ढंगले काम गर्ने हो भने दोषी कदापि उम्कन नपाउने भन्दै कुनै पनि समस्यामा नपार्न तथा दोषी जो कोहीलाई कानूनसम्मत ढंगले न्यायको कठघरामा उभ्याउन अपिलसमेत गरेको छ ।

‘टुण्डी–रमण निर्माण कम्पनीले संयुक्त रुपमा सञ्चालन ढंगले रानी–विराटनगर–इटहरी–धरान सडकखण्ड निर्माण गरिरहेकै अवस्थामा स्थानीयवासीको गुनासोका आधारमा परियोजना प्रबन्धकलगायतलाई हिरासतमा लिई कारबाही गरिएको घटनाप्रति महासंघले गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij