२०८३ साउन ९ शनिबार

बालकृष्ण ढुंगेलसहित ८१६ कैदीको सजाय माफ

ई आर्थिक    मंगलबार, जेष्ठ १५ २०७५
7K
Shares
बालकृष्ण ढुंगेलसहित ८१६ कैदीको सजाय माफ

काठमाडौँ— राष्ट्रपति विद्यादेवी भण्डारीले द्वन्द्वकालमा ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या अभियोग लागेका बालकृष्ण ढुंगेलसहित ८१६ कैदीको सजाय माफ गरेकी छन ।
ढुंगेलले द्वन्द्वकालमै ७ वर्ष जेल परेका थिए। शान्ति प्रक्रियापछि सर्वोच्च अदालतले ढुंगेललाई सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो। ढुंगेललाई माफी दिन लागिएको विरोधमा सर्वोच्च अदालतमा परेको रिटमाथि सुनुवाई जारी नै रहेको छ। अदालतले सोमबार ढुंगेललाई माफी दिने निर्णयको सक्कल प्रति मागेको थियो।
बालकृष्ण ढुंगेलले ४० प्रतिशत कैद अवधि भुक्तान गरेको भन्दै गणतन्त्र दिवसको अवसरमा उनले बाँकी सजाय माफी पाएका छन् ।

कैद माफी पाएसँगै देशभरमा ८१६ कैदीसँगै उनी पनि आजै कारागारबाट छुटेका छन्। उनलाई राखिएको डिल्लीबजार कारागारबाट उनीसहित २६ जना कैदीलाई छोडिएको छ।

प्रचलित कानुन अनुसार असल चालचलन भई कैदको सजाय छोट्याउन योग्य देखिएका तेम्बा शेर्पा सहित ८१६ जना कैदीलाई माफी दिएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ।
मन्त्रिपरिषदको सिफिारिसमा एघारौं गणतन्त्र दिवसको अवसर पारेर कैदीहरुलाई संविधानको धारा २७६ बमोजिम माफी दिइएको हो ।
कानुन अनुसार ४० प्रतिशत कैद अवधी पूरा भएको र असल चालचलन देखाएका कैदीलाई बाँकी कैदको सजाय माफी दिन सकिन्छ। सोही प्रवाधान अनुसार गृहमन्त्रालयले आइतबारको मन्त्रिपरिषदमा प्रस्ताव लगेको थियो।
आइतबार साँझ बसेको बैठकले सजाय माफीको निर्णय राष्ट्रपति कार्यालयमा पठाएको थियो । जेलबाट छुटे लगत्तै उनि नेकपाको मूख्य कार्यालय पुगेर सहिदको शालिकमा माल्यार्पण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij