२०८३ साउन ९ शनिबार

आठ महिनामा एक हजार ३४८ किमी सडक निर्माण

ई आर्थिक    सोमबार, जेष्ठ १४ २०७५
3.6K
Shares
आठ महिनामा एक हजार ३४८ किमी सडक निर्माण

काठमाडौँ, १३ जेठ : चालु आर्थिक वर्षको पहिलो आठ महिनामा एक हजार ३४८ किमी सडक निर्माण भएको छ । अर्थमन्त्री डा युवराज खतिवडाले संघीय संसद्मा आज पेश गर्नुभएको आज २०७४/२०७५ को सर्वेक्षणमा केन्द्रीय निकायबाट चालु आवको आठ महिनामा कूल सडकको लम्बाइ २९ हजार ६३९ किमी पुगेको उल्लेख छ । यसमध्ये कालोपत्र ४४.३, खण्डास्मित २३.५ र कच्ची सडक ३२.२ प्रतिशत पुगेको छ ।

हालसम्म कालोपत्र १३ हजार १४९, खण्डास्मित छ हजार ९५६ र कच्ची सडक नौ हजार ५३४ किमी बनेको छ । गत आवमा दुई हजार ४३१ किमी सडक निर्माण भएको सर्वेक्षणमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij