२०८३ साउन ९ शनिबार

महाथिरले घटाए मन्त्रीको तलब

ई आर्थिक    बिहिबार, जेष्ठ १० २०७५
4.2K
Shares
महाथिरले घटाए मन्त्रीको तलब
क्वालालम्पुर — मलेसियाका नवनिर्वाचित प्रधानमन्त्री महाथिर मोहम्मदले बुधबार सरकारका मन्त्रीको सुविधामा १० प्रतिशतले कटौती गरेका छन् ।

सरकारको उच्च खर्चलाई कटौति गर्ने लक्ष्यअनुरूप महाथिरले उक्त निर्णय गरेको बताए। सरकारी खर्च २ सय ५१ अर्ब ५ करोड अमेरिकी डलरमा झार्ने बताएका हुन्।

मलेसियाको विकासका सुत्रधार मानिने प्रधानमन्त्री महाथिरले यस पहिले करिब २२ वर्ष मलेसियाको सरकारको नेतृत्व सम्हालेका थिए। मन्त्रिपरिषद्को बैठकपछि सञ्चारकर्मीसँग बोल्दै महाथिरले भने, ‘हामी राष्ट्रको आर्थिक समस्याप्रति सजक छौं।’ उनले अन्य उच्च सरकारी कर्मचारीको सुविधा कटौतिलाई बाध्यकारी नबनाउने बताए। उनले भने, ‘तर यदि कसैले देशका लागि योगदान गर्न चाहन्छ भने उनीहरू स्वतन्त्र छन्।’
निर्वाचन अभियानका समय गरेका प्रतिबद्धतालाई प्रधानमन्त्रीले आफूले सत्ता सम्हालेकै दिनदेखि कार्यान्वयन सुरु गरेको हो। महाथिरले भने, ‘हाल मलेसियाको ऋण कुल ग्रार्हस्थ उत्पादनको झण्डै ६५ प्रतिशत रहेको बताए।
महाथिरले पारिश्रमिक कटौतिबाहेक देशको अर्थतन्त्रलाई उकास्ने अन्य उपाय पनि कार्यान्वयन गर्ने बताए। उनले सानो आकारको मन्त्रीमण्डलका अलावा राज्यको विदेशमा उठ्न बाँकी कोषलाई पनि उठाउन पहल गरिने बताए।
त्यसैगरी उनले सार्वजनिक यातायात आयोगलाई निलम्बन गर्ने र यसको काम यातायात मन्त्रालयबाट गर्ने बताए। यसबाहेक उनले केही ठूला योजनाबारे पनि समीक्षा गर्ने बताए। सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij