२०८३ साउन ९ शनिबार

२७ स्थानीय निकायहरुमा एन आई सी एशिया बैंक

ई आर्थिक    सोमबार, जेष्ठ ७ २०७५
2.3K
Shares
२७ स्थानीय निकायहरुमा एन आई सी एशिया बैंक

काठमाडौं । राज्यको पुर्नसंरचनासँगै सम्पुर्ण स्थानीय निकायहरुमा वाणिज्य बैंकको शाखा सञ्जाल मार्फत उपस्थिति सुनिश्चित गर्ने नेपाल सरकारको नीति बमोजिम नेपाल राष्ट्र बैंकसँग एनआईसी एशिया बैंकले प्रतिबद्धता जनाएको ३४ वटा स्थानीय निकायहरुमध्ये २७ स्थानीय निकायहरुमा शाखा कार्यालयहरु संचालनमा ल्याईसकेको छ ।

दुर्गम तथा ग्रामीण क्षेत्रहरुमा समेत आफ्नो पहुँच अभिबृद्धि गर्दै सम्पुर्ण तह तप्काका सर्वसाधारणको बैंकको रुपमा आफ्नो पहिचान बनाईरहेको यस बैंकले समस्त ग्राहकहरुलाई उच्चस्तरीय सेवा दिंदै आईरहेको छ । बैंकको हालसम्म २१० वटा शाखा कार्यालय, २०३ एटिएम, ६ वटा एक्स्टेन्सन काउण्टर, ६ वटा शाखारहित बैंकिङ्ग एवं ५५०० भन्दा बढि रेमिटेन्स पे आउट एजेन्ट सहित मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंकको रुपमा स्थापित भैसकेको छ ।

शाखा सञ्जाल, पुँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा यस बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो । ग्राहक महानुभावहरुको अपार स्नेह, विश्वास तथा भरोसाका कारण यस बंैकले करीब १३५ अर्ब निक्षेप संकलन गरी करीब ११० अर्ब कर्जा प्रवाह गरिसकेको छ । हालसम्म यस बैंकमा जम्मा ग्राहकको संख्या करिब ११ लाख ५० हजार रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij