त्यहाँकाे सरकारी एयरलाइन्स क्यूबाना डे एविएशनकाे ‘बोइङ ७३७’ नामक विमान क्युबाको उत्तरी शहर ओल्गीनतर्फ गइरहेका बेला दुर्घटना भएकाे हाे। मृत्यु हुनेमा ६ जना चालक दलका सदस्य रहेका छन् । साे दुर्घटनामा तीन जना मात्रै बाँच्न सफल भएका छन् र ती पनि गम्भीर घाइते रहेकाे जनाइएकाे छ ।
विमानमा यात्रुहरू मात्रै १०४ जना र क्याबिन क्रुलगायत कुल ११३ जना सवार रहेकाे बताइएकाे छ । प्रत्यक्षदर्शीहरूका अनुसार उड्नेबित्तिकै विमानमा समस्या उत्पन्न भएको थियो र विमानस्थल नजिकैको खेतमा जोतिन पुगेको थियो। त्यसपछि विमानमा आगो लागेर विस्फाेट भएकाे हाे ।
गएराति (स्थानीय समय अनुसार दिउँसाे १२ बजेतिर) साे विमान दुर्घटना भएकाे हाे । विमान करिब ४० वर्ष पूरानाे रहेकाे जनाइएकाे छ ।

दुर्घटनापछि त्यहाँका राष्ट्रपति मिगेल डियाज़ कनेलले साे स्थलकाे अवलाेकन गरेका छन् । राहत तथा उद्धार टाेली समेत तत्कालै दुर्घटनास्थल पुगेकाे बताइन्छ ।
क्युबाको सरकारी कम्पनी क्युबन डे एभिएशनले मेक्सिकन वायुसेवा कम्पनीबाट भाडामा लिएर साे विमान सञ्चालन गर्दै आएको थियाे । के कारणले दुर्घटना भएको हाे भन्ने खुलिसकेकाे छैन, साेबारे अनुसन्धान थालिएको त्यहाँका अधिकारीहरूले बताएका छन्।
तस्वीर : एएफपी