२०८३ साउन ९ शनिबार

कम्युनिस्ट पार्टी ४४१ सदस्यीय, चुनाव चिन्ह सूर्य नै

ई आर्थिक    बिहिबार, जेष्ठ ३ २०७५
5.9K
Shares
कम्युनिस्ट पार्टी ४४१ सदस्यीय, चुनाव चिन्ह सूर्य नै
शेखर अधिकारी २, जेष्ठ २०७५, काठमाडौँ — एमाले र माओवादी केन्द्रबीच एकीकरण भएपछि बन्ने नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटी ४४१ सदस्यीय हुने भएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच ४४१ सदस्यीय केन्द्रीय कमिटी बनाउने सहमति भएको छ। तीमध्ये एमालेबाट २४१ र माओवादी केन्द्रबाट २०० जना हुनेछन्।

ओली र दाहालबीच एकीकृत पार्टीको स्थायी कमिटी ४३ सदस्यीय बनाउने सहमति भएको छ। चुनाव चिन्ह भने एमालेले प्रयोग गर्दै आएको सूर्य नै हुनेछ। आगामी महाधिवेशनसम्म दुवै अध्यक्षले सामूहिक नेतृत्व गर्नेछन्।
एमाले स्थायी कमिटी बैठकमा अध्यक्ष ओलीले दाहालसँग भएको सहमतिबारे ब्रिफिङ गरेका थिए। दुवै नेताबीच भएको सहमतिलाई बिहीबार बस्ने पार्टी एकता संयोजन समितिको बैठकमा पेस गर्ने र अन्तिम रुप दिइने एमाले सचिव योगेश भट्टराईले जानकारी दिए।
पार्टी एकता संयोजन समितिको बैठकले गर्ने निर्णय दुवै पार्टीले अनुमोदन गर्नेछ। त्यसका लागि एमालेले बिहीबार नै केन्द्रीय कमिटीको बैठक बोलाएको छ।
एमाले उपाध्यक्ष बामदेव गौतमले भने एमालेका पूर्वमहासचिव स्व. मदन भण्डारीको स्मृतिमा बिहीबार नै पार्टी एकता घोषणा हुने दाबी गरे । एमालेको पुरानो पार्टी कार्यालय बल्खुमा ओली र दाहालले सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij