२०८३ साउन ९ शनिबार

त्रिपुरेश्वरमा हड्डी तथा मेरूदण्डसम्बन्धि निःशूल्क स्वास्थ्य शिविर

ई आर्थिक    आइतबार, बैशाख ३० २०७५
10.9K
Shares
त्रिपुरेश्वरमा हड्डी तथा मेरूदण्डसम्बन्धि निःशूल्क स्वास्थ्य शिविर

काठमाडौं । ब्यायज युनियन क्लबको प्राङ्ग्णमा हड्डी तथा मेरूदण्ड सम्बन्धि एक दिने निःशूल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

उक्त शिविरबाट हड्डी तथा मेरूदण्ड सम्बन्धि २०० भन्दा बढी विरामीले निःशूल्क जाँचको सेवा लिएका थिए ।

विरामीहरुलाई जाँच्नको लागि भारतको चेन्नाईबाट अस्ट्र अर्थो एन स्पाइन सेन्टरका सिनियर कन्सल्ट्यान्ट डा. एस. एस. कुमारलाई ल्याइएको थियो । स्थानीय समाजसेवी तथा विश्व निकेतन स्कूलका अध्यक्ष गोपाल श्रेष्ठको पहलमा ती डाक्टरलाई नेपाल ल्याइएको थियो । उनी अर्थो तथा स्पाइन सम्बन्धि भारतमा नाम चलेको विज्ञ डाक्टरको रुपमा चिनिनुहुन्छ ।

लायन्स क्लब अफ काठमाडौं, त्रिपुरेश्वर, त्रिपुरेश्वर टोल सुधार तथा विकास समिति र व्यायज युनियन क्लब त्रिपुरेश्वरको संयुक्त आयोजनामा सो शिविर सम्पन्न भएको हो ।

यी तिनै संस्थाले विभिन्न समयमा विविध प्रकृतिको स्वास्थ्य शिविर राख्दै आएका छन् । यसपटक भने हड्डी तथा मेरुदण्ड सम्बन्धि स्वास्थ्य शिविरको आयोजना गरिएको थियो । यसअघि काभ्रेको नाल्दुममा पनि निःशूल्क स्वास्थ्य शिविरको आयोजना गरिएको थियो । सिन्धु पोलिक्लिनिक सँग सहकार्य गरेर गरिएको उक्त शिविरमा निःशूल्क औषधी समेत वितरण गरिएको लायन्स क्लब अफ काठमाडौं त्रिपुरेश्वरका अध्यक्ष सुरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

हड्डी तथा मेरूदण्ड सम्बन्धि समस्याका रोगीहरु बढिरहेकाले त्यसैसँग सम्बन्धित विज्ञ डाक्टरलाई ल्याई यो निःशूल्क स्वास्थ्य शिविरको आयोजना गरिएको समाजसेवी गोपाल श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij