२०८३ साउन ९ शनिबार

प्राइम बैंकको ६१ औं शाखा रसुवाको कालिकास्थानमा

ई आर्थिक    मंगलबार, बैशाख १८ २०७५
1.9K
Shares
प्राइम बैंकको ६१ औं शाखा रसुवाको कालिकास्थानमा

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडको ६१ औं शाखा रसुवाको कालिका गाउँपालिका कालिकास्थान, घुम्तीबजारमा सञ्चालनमा आएको छ ।
बैंकका सञ्चालक गजेन्द्र विष्टले एक समारोहका बीच सो शाखाको उद्घाटन गर्नुभयो । यस क्षेत्रमा वाणिज्य बैंकहरुका शाखा नभएकोले बैंकले स्थानीय जनतालाई सहजरुपमा वित्तीय सेवा उपलब्ध गराउने जानकारी सो अवसरमा दिइयो । बैंकका शाखा प्रवन्धक विष्णुमणि अधिकारीका अनुसार यस क्षेत्रमा बैंकले चुस्त तथा सुलभरुपमा सेवा प्रवाह गर्ने छ । गाउँ गाउँमा छरिएर रहेको निक्षेप संकलनका साथै बैंकले व्यापार, कृषि, पशुपालन, सवारी साधन आदी क्षेत्रमा कर्जा प्रवाह गर्नेछ ।

निजीक्षेत्रका बैंकमध्येमा उत्कृष्ठ ८ औं स्थानमा रहेको यस बैंकले निकट भविष्यमै मुलुकका विभिन्न भागमा १५ वटा भन्दा बढी शाखा खोल्ने योजना रहेको जानकारी दिइएको छ ।

सो अवसरमा दिइएको जानकारी अनुसार ८ अर्ब चुक्ता पुँजी रहेको यस बैंकले गत चैत मसान्तसम्ममा रु ७४ अर्ब भन्दा बढी निक्षेप संकलन गरी रु ६६ अर्बभन्दा बढी कर्जा प्रवाह गरिसकेको छ ।

सोही अवधिमा बैंकले रु १ अर्ब २५ करोडभन्दा बढी खुद मुनाफा आर्जन गरेको छ । बैंकले स्थापनाकालदेखि नै उत्पादनशील क्षेत्रमा प्राथमिकताका साथ कर्जा प्रवाह गरिरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij