२०८३ साउन १२ मंगलबार

वीरगंज, कलैया तथा हेटौंडामा पूँजीवजार सम्वन्धी जनचेतना अभिवृद्धि कार्यक्रम सम्पन्न

ई आर्थिक    बिहिबार, बैशाख १३ २०७५
6K
Shares
वीरगंज, कलैया तथा हेटौंडामा पूँजीवजार सम्वन्धी जनचेतना अभिवृद्धि कार्यक्रम सम्पन्न

काठमाडौं । वीरगंजमा पूँजीबजार सम्बन्धमा जनचेतना अभिवृद्धि तथा अन्र्तकृया कार्यक्रम सम्पन्न भएको छ । बोर्ड र वीरगंज उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा सम्पन्न उक्त कार्यक्रम वीरगंज उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष गोपाल केडियाको अध्यक्षतामा संचालन भएको थियो ।

उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा वीरगंज महानगरपालिका मेयर विजय सरावगी तथा विशेष अतिथिको रुपमा बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीको सहभागिता रहेको थियोे ।

उक्त कार्यक्रममा प्रमुख अतिथि सरावगीले हालैका दिनमा वोर्डले गरेको कार्यहरुको सराहना गर्दै पुँजीबजार अर्थतन्त्रको एक महत्वपूर्ण बजार रहेकोले यस सम्बन्धमा सबैले ज्ञान लिन जरुरी रहेको विचार व्यक्त गर्नु भयो ।

विशेष अतिथि बोर्डका अध्यक्ष डा. कार्कीले बोर्डले नेपालका ७७ वटै जिल्लाबाट सार्वजनिक निष्काशनमा आवेदन दिन सक्ने व्यवस्था लगायतका नीतिगत सुधारहरु गरिरहेको जानकारी गराउनु भयो ।

उहाँले देश संघीय संरचना गएको र स्थानीय रुपमा विकासका लागि आवश्यक रकम जुटाउन म्युनिसिपल बण्डमार्फत पुँजी संकलन गर्न पनि सकिने भएकोले सो तर्फ पनि सम्बन्धित पक्षहरुको ध्यान जान जरुरी रहेको बताउनुभयो ।

कार्यक्रमका अध्यक्ष गोपाल केडियाले बोर्डसँगको सहकार्यमा यस्तो महत्वपूर्ण कार्यक्रम गर्न पाउँदा आफूहरु लाभान्वित भएको बताउँदै आगामी दिनमा यस्ता कार्यक्रम नियमित रुपमा गर्नुपर्र्ने धारण राख्नु भयो ।

उक्त कार्यक्रममा बोर्डका उपनिर्देशक नारायणप्रसाद शर्माले धितोपत्र तथा वस्तु विनिमय बजार सम्बन्धमा, सिडिएस एण्ड क्लियरिङ्गका अधिकृत सुरज कार्कीले सिडिएससिसँग सम्बन्धित विविध पक्षहरु सम्बन्धमा तथा धितोपत्र दलाल कम्पनीका तर्फबाट सूर्यप्रसाद पौडेलले धितोपत्र दलाल व्यवसायका सम्बन्धमा आफनो प्रस्तुति राख्नुभएको थियोे । बोर्डका का.मु. अधिकृृत राजुबहादुर जि.सि. ले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नु भएको थियो । उक्त कार्यक्रममा वीरगंज उद्योग वाणिज्य संघका पदाधिकारी, सरकारी निकायका पदाधिकारी, विभिन्न व्यवसायी, लगानीकर्ता, पत्रकार, विद्यार्थी तथा सर्वसाधारणहरु समेतको उल्लेख्य सहभागिता रहेको थियो ।

यसैगरी बोर्ड र मकवानपुर उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा हेटौडा लगानीकर्ता जनचेतना अभिवृद्धि तथा अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णबहादुर कटुवालकोे अध्यक्षतामा संचालन भएको उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा जिल्ला समन्वय समितिका अध्यक्ष रघुनाथ खुलाल तथा विशेष अतिथिको रुपमा बोर्डका अध्यक्ष डा. रेवत बहादुर कार्की र प्रमुख जिल्ला अधिकारी चक्र वहादुर थापाको सहभागिता रहेको थियो ।

उक्त कार्यक्रममा प्रमुख अतिथि खुलालले पुँजीबजार प्राविधिक विषय भएको र यस्ता किसिमका कार्यक्रमले सो सम्बन्धमा स्पष्ट बुझ्न सहयोग हुने भन्दै बुझेर मात्र लगानी सम्बन्धी निर्णय गर्न उपयुक्त हुने विचार व्यक्त गर्नुभयो ।

विशेष अतिथि बोर्डका अध्यक्ष डा. कार्कीले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै धितोपत्र बजारमा हालसाल गरिएका समसामयिक सुधारहरुको बारेमा जानकारी गराउनु भएको थियो । त्यसैगरी कार्यक्रमका विशेष अतिथि प्रमुख जिल्ला अधिकारी थापाले देशको औधोगिकरण तथा पूर्वाधार विकासमा भूमिका खेल्न सक्ने पुँजीबजार सम्बन्धी जनचेतना अभिवृद्धि कार्यक्रम संचालन गरी बोर्डले सराहनीय कार्य गरेको विचार व्यक्त गर्नुभएको थियो । मकवानपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष माधव सापकोटाले यस कार्यक्रमबाट धितोपत्र बजारका विविध पक्षहरुका बारेमा सहज रुपमा बुझने वातावरण बनेको धारणा राख्नुभयो ।

बोर्डका का.मु. अधिकृृत राजुबहादुर जि.सि.ले संचालन गर्नु भएको उक्त कार्यक्रममा बोर्डका उप निर्देशक नारायणप्रसाद शर्माले धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्बन्धमा, सिडिएस एण्ड क्लियरिङ्गका अधिकृत सुरज कार्कीले सिडिएससिसँग सम्बन्धित विविध पक्षहरु सम्बन्धमा आफनो प्रस्तुति राख्नुभएको थियोे ।
उक्त कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका पदाधिकारी, सरकारी निकायका पदाधिकारी, विभिन्न व्यवसायी, लगानीकर्ता, पत्रकार, विद्यार्थी तथा सर्वसाधारणहरु समेतको उल्लेख्य सहभागिता रहेको थियो । वोर्डले कलैया उद्योग वाणिज्य संघ वाराको संयोजनमा स्थानिय रामराजा कलेजमा समेत यस्तै कार्यक्रम संचालन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij